धनगढीमा वित्तीय सम्मेलन शुरु,पूर्वप्रधानमन्त्री प्रचण्डद्धारा उद्घाटन


धनगढी ( कैलाली) – वित्तीय पहुँचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिवद्धता’ भन्ने नाराका साथ सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा आज शुक्रवार सुदूरपश्चिम वित्तीय सम्मेलन सुरु भएको छ । वित्तीय पहुँच सुनिश्चितता गर्ने उद्देश्यले आर्थिक मामिला तथा योजना मन्त्रालयले सम्मेलनको आयोजना गरिएको छ । पश्चिम पहिलो पटक ठुलो वित्तीय साक्षरतासंग जोडिएको कार्यक्रम आयोजना भएको छ ।

सम्मेलनको उद्धघाटन गर्दै पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल संघीय व्यवस्था सफल बनाउन कर्मचारीको कार्यशैली फेरिनुपर्नेमा जोड दिए । राजनीतिक व्यवस्था फेरिएको तर कर्मचारीके शैली पुरानै ढर्राको भएका कारण समस्या सिर्जना भएको प्रचण्डको दावी थियो ।
कर्मचारीतन्त्रले परिवर्तनलाई आत्मसाथ नगर्दा संघीय व्यवस्थामै चुनौती देखापरेको बताएका छन्। सुदूरपश्चिम वित्तीय सम्मेलनमा सम्बोधन गर्दै दाहालले राजनीतिक परिवर्तनसँगै पुरानो राज्यव्यवस्थामा काम गरेका कर्मचारीलाई विदाई गर्न नसक्नु ठूलो कमजोरी भएको पनि बताए ।

“पुराना संरचनामा काम गरेकालाई विदाई गर्नुपर्ने थियो । आफूले भनेका मान्छे ल्याउनु पर्थ्यो । तर भएन“, दाहालले भने, “उनै मूख्य सचिव, उनै सचिव अनि कसरी हुन्छ परिवर्तन ? “ राजनीतिकरुपमा ठूलाठूला उपलब्धी हासिल गरे पनि कर्मचारीतन्त्रलाई आफू अनुकुल चलाउन नसक्नु हात्ती छिर्‍यो पुच्छर अड्क्यो भनेजस्तै भएको दाहालको टिप्पणी थियो ।

प्रकाशित मितिः     २० मंसिर २०७६, शुक्रबार १५:५४  |