रम्भापुरमा होमस्टे


बर्दिया – बर्दिया रम्भापुरका थारु समुदायले होमस्टे शुरु गरेका छन् । भ्रमण वर्ष नजिकिदै गर्दा त्यसको प्रर्बधन गर्न होमस्टे स्थानीयले शुरु गरेका हुन । गैरसरकारी संस्था बेसले होमस्टे पूर्वाधारमा सहयोग गरेको छ । शुक्रवार थारु आयोगका अध्यक्ष बिष्णुप्रसाद चौधरीले बेसका तर्फबाट उपलब्ध गराएको बिभिन्न सामाग्री स्थानीयलाई प्रदान गरिएको छ ।

पूर्वाधार सहयोगले होमस्टे सन्चालनमा सहजता आउने स्थानीयले बताएका छन् । सामाग्री हस्तान्तरण कार्यक्रममा सहभागि होमस्टे एशोसिएशन नेपालका केन्द्रीय सचिव कृष्ण चौधरीले पर्यटन प्रर्बधन र स्थानीयलाई आयआर्जनमूलक काममा जोड्न होमस्टे प्रभावकारी माध्यम बनेको बताउँछन् । त्यसका लागि सरकारी तथा गैरसरकारी निकायको सहयोगको जरुरी छ ।

 

प्रकाशित मितिः     २१ मंसिर २०७६, शनिबार ०८:३७  |