क्यान्सर अस्पताललाई गति दिने स्वास्थ्य राज्यमन्त्रीको प्रतिवद्धता


खजुरा २३ मंसिर । स्वास्थ राज्य मन्त्री नवराज रावतले खजुरास्थित प्रखर क्यान्सर अस्पताल अबलोकन गर्नुभयको छ । अबलोकन गर्दै मन्त्री रावतले अस्पतालको समस्या समाधान गर्न पहल गर्ने बताउनुभयो । जनशक्ति अभावलाई पूरा गरिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले क्यान्सर अस्पतालको मन्त्रालयमा रोकिएको फाइल आफै खोजेर काम गर्ने बताउनुभयो ।

मन्त्रि रावतले अस्पतालको बिकासकालागी आफू र मन्त्रालयले पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो । खजुरा गाउँ पालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले सञ्चालनमा आइसकेको तर कर्मचारी दरबन्दि पुरा नभएको केहि उपकरणहरु समेत पुरा नभएकाले यि सबै कुरा परिपुर्ति गर्दे अस्पताललाई पुर्णरुपमा सन्चालन गर्न पहल गरिदिन राज्यमन्त्रि रावतलाई आग्रह गर्नुभयो ।

अवलोकनमा पुग्नुभएका मन्त्रि रावतलाई उपाध्यक्ष एकमाया बिक, वडा अध्यक्षहरु, समाजसेवी , ब्यापारी, अस्पताल समिती, कर्मचारी लगायतले स्वागत गरेका थिए । मन्त्री रावतले भोली बिहान ८ बजे भेरी अस्पताल निरीक्षण गर्ने छन् ।

प्रकाशित मितिः     २३ मंसिर २०७६, सोमबार २०:०१  |