नेपालगञ्ज उद्योग वाणिज्य संघमा निर्वाचन समितिको कार्यालय उद्घाटन, भए यस्ता निर्णय


नेपालगञ्ज – नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते शुरु हुने निर्वाचनका लागि निर्वाचन समितिले औपचारिकरुपमा काम शुरु गरेको छ । आज मुख्य निर्वाचन अधिकृत टिकाजङ्ग हमालले संघकै भवनमा निर्वाचन समितिको औपचारिकरुपमा उद्घाटन गरे । उक्त अवसरमा संघका अध्यक्ष नन्दलाल बैश्यल, बरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी लगाय कार्यसमितिका सदस्य थिए ।

आजै संघका अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षतामा कार्यसमितिको ४९ औँ बैठकबाट बस्यो । उक्त बैठकले आगामी निर्वाचनका लागि निर्वाचन सम्बन्धि नियमावली तथा आचार संहिता संघका कानूनी सल्लाहकार टिका जंग सिहं, विश्वजित तिवारी, पदाधिकारी, कार्यसमितिका सदस्यले पारित पारेका छन् ।

संघका सदस्यको नविकरणको काम पनि आजै सकिएको छ । त्यस्तै मतदाताहरुको नामावली सार्वजनिक गर्ने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ । संघमा यसपटक सदस्य बढ्ने देखिन्छ । संघको निर्वाचन भेरी प्राविधिक शिक्षालयमा हुने छ ।

प्रकाशित मितिः     २५ मंसिर २०७६, बुधबार १८:४५  |