लागत स्टिमेट तयार नभएका योजनाको छिटो काम गर्न निर्देशन


नेपालगञ्ज,मंसिर २५ । नेपालगञ्ज उप–महानगरपालिकाले चालु आर्थिकवर्षका योजनाको अनूगमनलाई तिव्रता दिएको छ । यहि चैत महिनाभित्रै चालु आर्थिकवर्षका योजना सम्पन्न गर्ने नीति लिएको नेपालगञ्ज उपमहानगरपालिकाले अनूगमनलाई तिव्रता दिएको हो । बरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेलको नेतृत्वमा प्राविधिकसहितको टोलीले बुधबार वडा नम्बर १९, २१ र २२ मा योजनाको कार्यान्वयनको अवस्था बारे जानकारी लिएको छ ।

अनूगमन टोलीले योजनाको कार्यान्वयनको अवस्थाबारे जानकारी लिएको बरिष्ठ कार्यक्रम अधिकृत पौडेलले बताउनुभयो । अनूगमनका क्रममा वडामा पुग्दा उपभोक्ता समितिको गठन सुरु भएको, लागत स्टिमेट बनिरहेको पाइएको पौडेलले बताउनुभयो । लागत स्टिमेट तयार नभएका योजनाको छिटो काम गर्न टोलीले निर्देशन दिएको छ ।

प्रकाशित मितिः     २५ मंसिर २०७६, बुधबार १९:३१  |