भूतपूर्व र बहालवाला सैनिकलाई रु ५१ करोड ऋण प्रवाह


नेपाली सेनाले बिहिवार राँझामा आयोजना गरेको सैनिक नागरिक बिषयक अन्तरक्रियामा पृतनापति सरोजप्रताप राणा, बाहिनीपति सुरेश कुमार बानिया लगायतका उच्चपदस्थ अधिकारीहरु । उनीहरुले सेना र जनताको सम्बन्ध संधै सुमधुर हुनुपर्नेमा जोड दिएका थिए ।

नेपालगञ्ज २६ मंसिर – नेपाली सेनाको सैनिक कल्याणकारी बोर्डको सिफारिसमा नेपालगञ्ज कार्यालय मार्फत २९ सय ८८ जना भूतपूर्व र बहालवाला सैनिकलाई रु ५१ करोड ४१ लखा कर्जा प्रवाह गरिएको सहुलियत दरमा भूतपूर्व सैनिकले बोर्डको सिफारिसमा नेपाल इनभेष्टमेन्ट बैंकले त्यस्तो कर्जा प्रवाह गर्दै आएको छ ।

२०७२ सालदेखि हालसम्म साविकको मध्यपश्चिम क्षेत्रका बिभिन्न जिल्लामा बसोबास गर्ने सैनिकले ऋण लिएको नेपालगञ्ज इपिसेन्टरका प्रमुख अवकास प्राप्त कर्णेल इन्द्र कार्की बताउँछन् । यसरी सैनिकले लिएको ऋण व्यापार, व्यवसायमा लगानी भइरहेको छ । भूतपूर्व सैनिकहरु अवकास पछि पनि बिभिन्न क्षेत्रमा सक्रिय भएर व्यापार व्यवसाय गरिरहेका छन् ।

पृतनापति सरोजप्रताप राणा

सैनिकहरुले प्रक्रिया पुर्याएर आएर ऋणका लागि सिफारिस गर्न कुनै समस्या नभएको कर्णेल काकीैले बताए । उनका अनुसार लद्यु प्रकार ऋणमा १ लाखदेखि ७ लाखसम्म पाउन सकिन्छ । त्यस्ता कृषिक्षेत्रमा १० लाखदेखि १ करोडसम्म कर्जा प्रवाह भइरहेको छ । यस्तो ऋणमा ४.५ देखि ५.५ सम्म ब्याजदर हुने गरेको छ ।

यसैबीच नेपाली सेनाको राँझास्थित चार नं.वाहिनीमा सेना नागरिक अन्तरक्रिया गरिएको छ । अन्तरक्रियामा बोल्दै सेनाका पश्चिम उत्तर पृतनापति सरोजप्रताप राणाले सेना र आमनगारिकबीचको सम्बन्ध सदैव सुमधुर रहेको बताउँदै त्यसका लागि सेना खुल्लारुपमा छलफल गरिरहेको बताए । त्यस्तै चार नं. बाहिनीका बाहिनीपति सुरेशकुमार बानिया लगायतका उच्च सैनिक अधिकारीहरुले आलोचनात्मक सुझाव लिएर सैनिक अगाडी बढ्न तयार भएको प्रतिक्रिया दिए ।

प्रकाशित मितिः     २६ मंसिर २०७६, बिहीबार १४:५३  |