‘सीमा नजिकै स्टोर खोल्नु हाम्रा लागि चूनौती र अवसर दुवै’–भाट-भटेनीका अध्यक्ष मीनबहादुर गुरुङ्ग


नेपालगञ्ज २६ मंसिर – सीमाक्षेत्रको नेपाली बजार सुक्दै गएको गुनासो छ । कारण हो, भारतीय बजारहरु । सस्तो समाग्रीको नाममा नेपालीहरु त्यता ओइरिदा स्वदेश बजार भने सुनसान भएको व्यवसायी बताउँछन् । यस्तै गुनासाबीच देशकै प्रतिष्ठित सुपरमार्केट भाटभटेनीले भनेर सीमावर्ती क्षेत्रका शहरहरु आफ्नो सेवा विस्तार गरिरहेको छ । जहाँ चूनौती छ त्यहाँ सम्भावना खोज्दै भाट-भटेनी आक्रमकरुपमा थप स्टोर बिस्तारमा लागिपरेको छ ।

प्रदेश नं. ५ मा रुपन्देहीको सिद्धार्थनगरमा बिहिवार मात्र भाटभटेनीको १७ औं स्टोर सन्चालनमा आयो । उक्त स्टोरको उद्घाटन गर्दै भाटभेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ्गले सीमावर्ती नेपाली बजारका समस्यालाई छुने प्रयास गरेका छन् । अध्यक्ष गुरुङ्गले ‘नेपाल र भारतको सीमा नजिकै रहेको शहर सिद्धार्थनगरमा सन्चालन हुने यस स्टोरलाई चूनौती र अवसर दुवै रुपमा महसुस’ गरेको बताए । ‘यस्ता कुरालाई मध्यनजर गर्दै स्टोरलाई थप व्यवस्थित र आर्कषक गर्ने प्रयास गरेका छौं ।’– गुरुङ्गले भने ।

भाटभटेनीले सिद्धार्थनगर पछि नेपालगञ्जमा अर्को स्टोर सन्चालनमा ल्याउँदै छ । नेपालगञ्ज र सिद्धार्थनगर बजारको समस्या एउटै हो । भारतीय बजारको मार । भाटभटेनीले यस्ता कुराका आकल नगरेको भने होइन । उसले यि सबै कुरा बिषय अध्ययन गरेर स्टोर संचालन गरिरहेको छ ।
कतिसम्म भने स्टोर सन्चालन पछि नेपालीहरु भारत जान कम हुने मात्र नभई राम्रो सामान किन्न सीमावर्ती भारतीयहरु आउने गरि व्यवस्थापन गरिरहेको भाटभटेनीले बताएको छ । २०४१ सालमा सानो स्टोरबाट शुरु भएको भाटभेनी देशका प्रमुख शहरमा स्थापित भइरहेको छ ।

प्रकाशित मितिः     २६ मंसिर २०७६, बिहीबार १६:०७  |