ह्याचरी उद्योगले दश दिनसम्म चल्ला उत्पादन र बिक्री बन्द गर्ने, व्यवसाय संकटमा


नेपालगन्ज २८ मंसिर – लगानी भन्दा कम मूल्यमा कुखुराको मासु र अण्डा बिक्री गर्नुपर्ने अवस्था भएपछि देशभरका ह्याचरी उद्योगले दश दिनका लागि चल्ला उत्पादन र बिक्री बन्द गर्ने निर्णय गरेका छन् । शुक्रबार चितवनमा ह्याचरी उद्योगको राष्ट्रिय भेलाले आइतबारदेखि अर्को मंगलबार १० दिनसम्म चल्ला उत्पादन र बिक्री वितरण नगर्ने निर्णय गरेका हुन् ।

अब आउने आइतबारदेखि अर्को आइतबारसम्म सेटर मेसिनमा सेट गरिएका ह्याचिङ अण्डा नष्ट गर्ने र मंगलबारसम्म ब्रोइलर,कलर ब्रोइलर र क्रोइलर चल्ला बिक्री वितरण नगर्ने निर्णय गरिएको छ । १० दिन चल्ला बिक्री बन्द हुनेवित्तिकै कुखुरा उत्पादन कम हुनेछ । ब्रोइलर र लेयर्स गरी देशभर हप्तामा २५ लाख चल्ला उत्पादन हुन्छ ।

प्रकाशित मितिः     २८ मंसिर २०७६, शनिबार ०८:२२  |