नेपालगञ्ज २ पुस – तारे होटल र त्यसमा सन्चालित क्यासिनोले पश्चिमको ठुलो शहर नेपालगञ्जमा चहलपहल बढाएको छ । भारतीय नागरिकहरु क्यासिनो खेल्न आउने गरेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाले त यो शहरलाई क्यासिनो सिटी बनाउने नीतिगत निर्णय नै गरेको छ । लगानी प्रोत्साहित गर्न कर छुट र सहजिकरणका लागि सहयोग गर्न तयार भएको कुरा मेयर धवल शमसेर राणा बिभिन्न मन्चहरुमा पटक–पटक बताइरहन्छन् ।
संघीयता कार्यान्वयन पछि नेपालगञ्ज कर्णालीबाट प्रशासनिकरुपमा अलग भयो । यता प्रदेश ५ को प्रशासनिक केन्द्र समेत नबन्ने निश्चित हुँदा नेपालगन्जमा आफु सुक्ने होकी भन्ने चिन्ता र चासो बढ्न थाले । ठिक यही समयमा यहाँ तारे होटल र क्यासिनोमा लगानी थपिदैछ ।
पाँच तारे होटल सोल्टीमा क्यासिनो महाजोङ्ग सन्चालनमा छ । यो ठुलो क्षमताको लाईभ क्यासिनो हो । हालै मात्र चारतारे होटल सिद्धार्थमा क्यासिनो ज्याकपट सन्चालन भइरहेको छ https://arthapage.com/2019/12/13834/। सबैभन्दा पहिले नेपालगञ्जमा असित शमसेर राणाको होटल स्नेहामा क्यासिनो सन्चालन भएको थियो ।
सोही होटलले यहाँ क्यासिनो भित्रा्एको हो । तर आन्तरिक बिवादका कारण अहिले उक्त क्यासिनो नजिकैको ड्रिमल्याण्ड होटलमा सरेको छ । होटल सिग्नेटमा पनि क्यासिनो निर्माण भएको छ । तर आन्तरिक बिवादले सन्चालन हुन सकेको छैन । बिवाद सल्टिए त्यहाँ पनि क्यासिनो सन्चालनमा आउँने छ । अन्य तारे होटल समेत क्यासिनो सन्चालनको तयारीमा छन् ।
यि क्यासिनोमा नेपाली जान बन्देज छ । बिदेशीका लागि मात्र खुल्ला गरिएको छ । भारतका बिभिन्न ठाउँबाट उनीहरु यहाँ क्यासिनो खेल्न आउने गरेका छन् । क्यासिनो खेल्न आउनेका कारण होटलमा समेत चहलपहल बढेको छ । नेपालगञ्जका बारेमा भारतमा समेत प्रचार प्रसार भइरहेको छ । उनीहरु मार्फत नै पश्चिम नेपालको पर्यटन प्रर्बधन गर्न सक्ने सम्भावना छ ।
नेपालगन्ज भुजईगाउँस्थित सोल्टी होटल परिसरमा रहेको क्यासिनो महाजोङ्गका सल्लाहकार मुरारीबाबु कार्की क्यासिनोले नेपालगञ्जमा पर्यटक तान्न महत्वपूर्ण भूमिका खेल्ने बताउँछन् । उनले भने–‘हामी बिशुद्ध क्यासिनो मात्र चलाउने छैनौ । पश्चिममा पर्यटक ल्याउन पनि भूमिका खेल्छौ ।’https://arthapage.com/2019/11/12950/
क्यासिनोले रोजगारी बृद्धि गरेको छ । एउटै क्यासिनोमा सय देखि दुई सय जनाले रोजगारी पाएका छन् । रोजगारी पाउने मध्ये अधिकांस स्थानीय छ । उनीहरुको आर्कषक तलव छ ।