‘बाँकेमा भ्रमण वर्ष उत्सवका रुपमा मनाउँछौ’–अजय श्रीवास्तवसंगको कुराकानी


जिल्ला स्तरीय पर्यटन प्रर्बधन समिति बाँके संयोजक अजय श्रीवास्तव, सचिवालय सदस्यहरु केशव न्यौपाने,तेजबिक्रम शाह, भिम कडेल ।
जिल्ला स्तरीय पर्यटन प्रर्बधन समिति बाँके संयोजक अजय श्रीवास्तव, सचिवालय सदस्यहरु केशव न्यौपाने,तेजबिक्रम शाह, भिम कडेल ।

नेपाल भ्रमण बर्षलाई सफल पार्न बाँकेमा तिब्र तयारी भइरहेको छ ।  जिल्ला स्तरिय पर्यटन प्रबद्र्धन समिति, बाँकेले नेपाल भ्रमण बर्ष सफल पार्नका लागि आवश्यक तयारी तिब्र पारेको हो ।

हामी नयाँ वर्षको पहिलो दिन २०२० जना पर्यटकलाई विशेष प्याकेजमा नेपालगन्ज स्वागत गर्ने सुखद प्रयासमा लागेको जानकारी गराउँदछौं,  यसका लागि सहयोग गर्ने यहाँका होटल तथा पर्यटन व्यवसायीहरुको सहयोगको उच्च सम्मान प्रकट गर्दछौं ।

मेरो संयोजकत्वमा गठन भएकोे समितिले बाँकेका ८ वटै स्थानीय तहका पर्यटकिय गन्तव्यहरुको पहिचान गरिसकेको छ भने गन्तव्यहरुको प्रचार, प्रसारका लागि प्रचार सामाग्री प्रकाशन गर्ने तयारी गरिसकेकोछ ।

विभिन्न ५ वटा उपसमिति पनि सक्रिय रहेका छन् । २७ सदस्सीय समिति रहेको समितिले ५ वटा बिभिन्न उपसमितिहरु गठन गरि उपसमिति मार्फत तयारी गरिरहेको छ ।  समितिले प्रदेश सरकारसँग समन्वय गरि डिसेम्वर ३१ मा पर्यटन बर्ष शुभारम्भ कार्यक्रम गर्दछौ ।

उक्त कार्यक्रमको उद्घाटन ५ नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले गर्ने भएका छन् । उक्त कार्यक्रमको व्यवस्थापनका लागि समेत तयारी अगाडी बढाइएको छ । भव्य आतिशबाजी सहित अंग्रेजी नयाँ वर्ष २०२० को स्वागतलाई नेपाल भ्रमण वर्षको स्वागतका रुपमा नेपालगन्जको होटल सिद्धार्थ परिसरमा औपचारिक कार्यक्रम गरिनेछ ।

यसैगरी बढि भन्दा बढि पर्यटकहरुलाई स्वागत गर्नका लागि समिति संयोजक श्रीबास्तवको नेतृत्वमा भारतका मूख्य शहरहरुमा जाने निर्णय समेत गरिएकोछ । यो अभियान सिंगो देशको हो ।  समृद्धिको आधार पर्यटन पनि भएकाले मुलुकको यो अभियानमा सम्पूर्ण बाँकेबासी साथ सहयोग र सहकार्यको आव्हान गर्दछौं । धन्यवाद ।

https://arthapage.com/2019/12/14394/

https://arthapage.com/2019/12/14341/

https://arthapage.com/2019/12/14324/

https://arthapage.com/2019/12/14261/

प्रकाशित मितिः     २ पुष २०७६, बुधबार १६:४६  |