बाँके ट्रक यातायात सेवा प्रालिका सबै ट्रक प्यानमा दर्ता


नेपालगञ्ज ३ पुस – बाँके ट्रक यातायात सेवा प्रालिले आफ्ना तीन सय भन्दा बढि ट्रकलाई प्यान नम्बर बितरण गरेको छ ।

अध्यक्ष महेन्द्र मल्ल ठकुरीले तीन महिनादेखि नै आफुहरुले प्यान सम्बन्धी नियम कार्यान्वयन गरेको बताए ।

सरकारले चालू आर्थिक वर्ष २०७६र७७ को बजेटमार्फत १ हजार रुपैयाँभन्दा बढीको खर्च देखाउन प्यान बिल अनिवार्य छ । यो व्यवस्था पुस १ गतेदेखि कडाइ गरेसँगै ढुवानी व्यवसायीले दर्ता नभएका गाडीको काम लिन बन्द गरेका हुन् ।

ढुवानीमा मूल्यअभिवृद्धि कर (भ्याट) र प्यानको विरोध भएपछि सहजीकरणको उपाय पत्ता लगाउन कार्यदल बनाएको थियो । ‘पुष १ गतेबाट नियम लागू भए पनि हामीले यो तीन महिना अघि बाटै लागू गरिसकेका छौं ।’– अध्यक्ष मल्ले बताए ।

स्थायी लेखा नम्बर (प्यान) नलिएका ट्रक र यातायात व्यवसायीका ढुवानी साधनमा मालसामान लोडअनलोड गर्न पाइदैन ।

सरकारले चालू आर्थिक वर्ष २०७६र७७ को बजेटमार्फत १ हजार रुपैयाँभन्दा बढीको खर्च देखाउन प्यान बिल अनिवार्य गरेकोमा यो व्यवस्था पुस १ गतेदेखि कडाइ गरेको हो ।

बाँकेमा पनि राजश्व अनुसन्धान कार्यालय कोहलपुरले जिल्लास्थित सरोकारवाला निकायलाई बोलाएर नयाँ अनिवार्य कार्यान्वयन गर्न निर्देशन दिएको छ । निर्देशन कार्यान्वयन नगरे कारवाही गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मितिः     ३ पुष २०७६, बिहीबार १२:४०  |