नेकपा प्रदेश ५ ले कार्यालय व्यवस्थापन र प्रविधि सन्चालन बारे प्रशिक्षण दियो


नेपालगन्ज – नेकपाले प्रदेश ५ का १२ वटै जिल्लाका अध्यक्ष,सचिव र कम्प्युटर अपरेटरलाई कार्यालय व्यवस्थापन र कम्प्युटर संचालन सम्बन्धमा तालिम दिएको छ ।

आज बिहिवार लमहीमा आयोजित उक्त कार्यक्रमको नेकपा प्रदेश सचिव जगप्रसाद शर्माले उद्घाटन गरे । उनले कार्यालय व्यवस्थापन र प्रविधि पार्टी संचालनका लागि महत्वपुर्ण हुने बताए । प्रदेशका १२ वटै जिल्लाका पार्टी अध्यक्ष, सचिव, कार्यालय सचिव र कम्पयुटर अपरेटर सहभागि कार्यक्रममा कार्यालयको व्यवस्थापन कसरी गर्ने र कम्पयुटर लगायत प्रविधि कसरी सन्चालन गर्ने भन्ने बिषयमा प्रशिक्षण दिइएको थियो ।
कार्यालय ब्यस्थापन तथा अभिमुखिकरण कार्यक्रमको सभापतित्व प्रदेश कार्यालय सचिव बलराम अधिकारी गरेका थिए ।  स्वागत भाषण प्रदेश कार्यालय सदस्य हरि रिजाल र संचालन प्रदेश संगठन विभाग प्रमुख भुमश्वर ढकालले गरेका थिए । त्यस्तै मधु अर्याल र बालकृष्ण पाण्डेले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मितिः     7:33:11 PM  |