राजश्व ठग्दै गुट्खा उद्योग


नेपालगञ्ज ४ मंसिर – पश्चिम नेपालमा सन्चालित गुट्खा उद्योगले राजश्व चुहावटको धन्दा चलाएका छन् ।

यि उद्योगले मनग्य आम्दानी गर्छन । तर राजश्व तिर्नबाट पन्छिनका लागि अनेक दाउ खोजिरहेका हुन्छन् ।

बाँके, बर्दिया र कैलाली जिल्लामा रहेका यस्ता उद्योगका बिरुद्धमा राजश्व अनुसन्धान बिभागले कारवाही थालेको छ । साउनयता दुईवटा उद्योगका बिरुद्धमा मुद्दा समेत दर्ता भएको छ ।

बिगो मात्र झण्डै आठ करोड कायम छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–१ बस्ने देउती गुट्खा इण्डष्ट्रिजका प्रोप्राइटर यज्ञबहादुर ओली समेतलाई राजश्व चुहावट गरेको अभियोगमा २५ लाख ९२ हजार बिगो कायम गरी बर्दिया जिल्ला अदालतमा मंसिर २९ गते मुद्दा दर्ता गराएको छ । हेर्नुहोस् मुद्दाको प्रकृती..


कैलाली जिल्ला लम्कीचुहा नगरपालिका -1 बस्ने देउती गुट्खा ईन्डस्ट्रीज (स्था.ले.नं. 302453355) का प्रोप्राइटर यज्ञ वहादुर ओली समेतलाई राजस्व चुहावट गरेको अभियोगमा २५ लाख ९२ हजार विगो कायम गरी बर्दिया जिल्ला अदालतमा मिति २०७६।०८।२९ गते मुद्दा दायर।

देउती गुट्खा इण्डष्ट्रीज (स्था.ले.नं. 302453355) का प्रोप्राइटर यज्ञ वहादुर ओली तथा उक्त इण्डष्ट्रीजबाट उत्पादित गुट्का अवैरुपमा ओसार पसरमा संलग्न भे. १ च 3062 नम्वर गाडीका चालक रमेश थारुले प्रचलित कानून बमोजिम अन्तः शुल्क स्टिकर नलगाई सूर्तीजन्य बस्तु निष्काशन गरी विक्री गरेको तथा अन्तशुल्क स्टिकर नलगाई भण्डारण गर्ने कार्य गरी राजस्व छलि गरेको देखिँदा उक्त कार्य राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा ३ ले निषेधित कार्य गरी सोही ऐनको दफा ४ (क) र  (ख) बमोजिमको कसुरजन्य कार्य गरी रु. 25,92,561।- राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २(छ१) बमोजिम हुने जम्मा विगो मूल्य रु. 25,92,561।- (पच्चिस लाख बयानब्बे हजार पाँच सय एकसठ्ठी) राजस्व चुहावट गरेको वारदात स्थापित हुन आएकोले देउती गुट्खा इण्डष्ट्रीज (स्था.ले.नं. 302453355) का प्रोप्राइटर यज्ञ वहादुर ओली तथा उक्त इण्डष्ट्रीजबाट उत्पादित गुट्का अवैधरुपमा ओसार पसरमा संलग्न भे. १ च 3062 नम्वर गाडीका चालक रमेश थारुबाट उल्लिखित कसुर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २३ को उपदफा (१) वमोजिम विगो रकम रु. 25,92,561।- असुल उपर गराई विगोको दोब्बर सम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय हुनका साथै अवैधरुपमा उत्पादन भएको गुट्का ओसार पसारमा संलग्न भे. १ च 3062 नम्वर गाडी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा ३३ वमोजिम जफत हुन दावी लिई बर्दिया जिल्ला अदालतमा मिति २०७६।०८।२९ गते मुद्दा दर्ता गरिएको ।

सूचना अधिकारी

राजस्व अनुसन्धान विभाग


राजश्व अनुसन्धान कार्यालय कोहलपुरले उक्त उद्योग बिरुद्ध मुद्दा दर्ता गराएको हो ।

प्रोप्राइटर ओली तथा उक्त इण्डष्ट्रीजबाट उत्पादित गुट्का अवैरुपमा ओसार पसरमा संलग्न भे. १ च ३०६२ नम्वर गाडीका चालक रमेश थारुले प्रचलित कानून बमोजिम अन्तः शुल्क स्टिकर नलगाई सूर्तीजन्य बस्तु निष्काशन गरी विक्री गरेको तथा अन्तशुल्क स्टिकर नलगाई भण्डारण गर्ने कार्य गरी राजस्व छलि गरेको देखिँएको राजश्व अनुसन्धान बिभागको अनुसन्धानले देखाएको छ ।

बिभागले राजश्व चुहावटमा संलग्न प्रोप्राइटर ओली र गुट्का अवैधरुपमा ओसार पसरमा संलग्न  गाडीका चालक रमेश थारु बिरुद्ध समेत मुद्दा दर्ता गराएको छ ।

देउती गुट्खा पश्चिम नेपालमा ठुलो उद्योग भित्र पर्छ । उसले उत्पादन गरेका गुट्खाले राम्रै बजार लिएको छ । गुट्खाको राजश्व चुहावटको श्रृंखला यतिकैमा सकिएको छैन ।

गत भदौ महिनामा राजश्व चुहावट गरेको आरोपमा राजस्व अनुसन्धान विभागले बाँकेको खजुरास्थित नेपाल पान मसला उद्योगमाथि मुद्दा दायर गरेको छ ।

विभागले सात करोड ५२ लाख दुई हजार ७ सय ७४ बराबरको बिगो सहित उक्त उद्योगको विरूद्ध मुद्दा दर्ता गरेको थियो । गुट्खा उद्योग बिरुद्ध दर्ता भएको सबैभन्दा ठुलो राजश्व चुहावटको मुद्दा थियो ।

उक्त उद्योगले ईको प्लस नामक गुट्खा उत्पादन गर्दै आएको थियो । आर्थिक वर्ष २०७३र०७४ देखि लगातार तीन आर्थिक वर्ष केही उत्पादनमा स्टिकर समेत प्रयोग नगरी बिक्री गरेको अभियोग छ ।

अन्तःशुल्क, स्टिकरको विवरण, बैङ्क स्टेटमेन्ट लगायतको अध्ययनपछि विभागले मुद्दा दायर गरेको हो । विभागले उद्योगले तीन आर्थिक वर्षमा सात करोड ५२ लाख दुई हजार ७ सय ७४ रुपैयाँ बिगो कायम गरेको छ ।

 

प्रकाशित मितिः     ४ पुष २०७६, शुक्रबार ०७:४७  |