सौरभ ज्योती बने नेपाली इलेक्ट्रिक बाइकको पहिलो ग्राहक


ज्योती ग्रुपका निर्देशक सौरभ ज्योतीले नेपालमै बनेको पहिलो इलेक्ट्रिक मोटरसाइकल ‘यात्री’ बुकिङ गरेका छन्।

बिहीबार यात्री मोटरसाइकल सार्वजनिक कार्यक्रममा पुगेका ज्योतीले ‘यात्री’ मोटरसाइकलको पहिलो उत्पादन खरिद गर्ने घोषणा गरेका हुन्।

यद्यपी यस मोटरसाइकलको मूल्य कम्पनीले सार्वजनिक गरेको छैन।

‘नेपाली युवाहरु प्रविधिमा अगाडि बढ्नु ठुलो कुरा हो, त्यसकारण मूल्य थाहा नभएपनि खरिद गरेको हुँ,’ ज्योतीले भने।

सौरभ ज्योतीको बुकिङले आफूहरूको हौसला झनै बढेको कम्पनीका संस्थापक अशिम पाण्डेले बताए।

४ जना इन्जिनियर सहितको ७ जनाको नेपाली युवा टोलीले बनाएको मोटरसाइकलको बिहिबार सार्वजनिक गरेका हुन्।

प्रकाशित मितिः     ४ पुष २०७६, शुक्रबार ०८:२२  |