‘महोत्सव भ्रमण वर्ष प्रचारको मञ्च पनि हो’-रचना श्रेष्ठ


रचना श्रेष्ठ, महोत्सव मूल आयोजक समिति संयोजक
रचना श्रेष्ठ, महोत्सव मूल आयोजक समिति संयोजक

नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगंज उप महानगर नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा आगामी पुस ११देखि २१ गतेसम्म नेपालगन्जको सडक विभाग परिसरमा आयोजना महोत्सव आयोजना हुँदै छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँके र प्रदेश नं. ५ समिति बुटवलको सहकार्यमा मेहनत सृजना उत्पादन र बस्तु : मेरै नेपालको भन्ने मूल नाराका साथ “दोस्रो प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि प्रविधि व्यापार एंव पर्यटन महोत्सव २०७६” आयोजना गर्न लागिएको हो । उक्त महोत्सवका बारेमा मूल आयोजक समिति संयोजक रचना श्रेष्ठसंग गरिएको कुराकानी संक्षेपमा –

महोत्सवको तयारी कहाँ पुग्यो ?

महोत्सव तयारीको अन्तिम चरणमा आइपुगेका छौं । मूल आयोजक समिति र अन्य उपसमितिले आ–आफ्नो जिम्मेवारी सहित काम गरिरहनुभएको छ । स्टल बुकिङ्ग, सांस्कृतिक कार्यक्रम, मेला परिसर व्यवस्थापन जस्ता कामहरु भइरहेका छन् ।

महोत्सवको उदेश्य के हो ?

यस क्षेत्रको घरेलु तथा लघु उद्योगको संरक्षण, विकास तथा उनीहरुको उत्पादनलाई बजारीकरण गर्ने मुख्य उद्देश्य राखेर महोत्सव गर्न लागेका हौं । भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा आयोजना गर्न लागिएको यस महोत्सवले यस क्षेत्रको पर्यटनलाई समेत विकास गर्छ ।

स्टलहरु र महोत्सवको आर्कषण के हो ?
भ्रमण वर्ष २०२०को प्रबद्र्धनमा समेत मद्दत पुराउदै महोत्सवमा ३ सयदेखि ३५० स्टल रहने छन । यी स्टलहरु मध्ये ५० वटा घरेलु तथा साना उद्योगको प्रबद्र्धनको लागि छुट्याईएको छ । महिला समिति अध्यक्ष मिना सुवेदी ढकालका अनुसार, महोत्सवमा उद्योग व्यावसायको प्रवद्र्धनको लागि विभिन्न स्टलहरु, सेल्फी प्वाईन्ट, सास्कृतिक कार्यक्रम, फेसन सो, विद्यालय स्तरिय आईडललगायतका कार्यक्रम आयोजना गर्छौ ।

महोत्सवमा कारोवार र खर्च कति अनुमान गर्नुभएको छ ?

महोत्सव सम्पन्न गर्नको लागि ८० लाख खर्च हुने र करिव १ करोड आम्दानी गर्ने लक्ष रहेको छ । टिकट विक्रि, स्टल, प्रायोजक, सहप्रायोजकबाट प्राप्त हुने सहयोग नै महोत्सवको आम्दानी हो ।
महोत्सवमा प्रवेशको लागि ६० र विद्यार्थी सहुलियत दर ४० रुपैया तोकिएको छ । सञ्चाकर्मी, जेष्ठनागरिक, फरक क्षमता भएका व्यक्तिहरुलाई उनीहरुको परिचयपत्रले नै प्रवेशको व्यवस्ता मिलाईने छ ।

प्रकाशित मितिः     ४ पुष २०७६, शुक्रबार ०९:४९  |