दुगड समूहको नयाँ उत्पादन ज्ञान भुजा बजारमा


नेपालगन्ज – केएल दुगड समूहले ज्ञान ब्रान्डमा आफ्नो नयाँ उत्पादन ज्ञान भुजा बजारमा ल्याएको छ । उक्त समूहअन्तर्गतको विकास फ्लोर मिलले भुजा उत्पादन गरेको हो ।

उत्कृष्ट प्रविधिको प्रयोग गरी तयार पारिएको भुजा गुणस्तरीय भएको कम्पनीको दाबी छ । ज्ञान भुजा ४०० ग्रामको कन्जुमर प्याकमा उपलब्ध छ । भुजा उपभोक्तामाझ छिट्टै लोकप्रिय हुने कम्पनीको अपेक्षा छ ।

ज्ञान ब्रान्डअन्तर्गतका चक्की आँटा, मैदा, सूजी, बेसन, लिटो लगायतका उत्पादन नेपाल तथा विदेशमा समेत लोकप्रिय रहेको कम्पनीको भनाइ छ ।

प्रकाशित मितिः     ४ पुष २०७६, शुक्रबार १८:०६  |