नेपालगञ्ज,पुस ५ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १४ भवानियापुरमा शुक्रबार निशुल्क पशु स्वास्थ्य शिविर संचालन गरिएको छ । शिविरको उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष ओमकारनाथ मिश्राले शिविरबाट पशुपालक किसान लाभान्वित भएको बताउनुभयो ।
शिविरमा पशुको स्वास्थ्य जाँचसँगै निशुल्क रुपमा औषधि वितरण गरिएको नेपालगञ्ज उपमहानगरपालिका पशु सेवा शाखाका प्रमुख लक्ष्मी शाहीले जानकारी दिनुभयो ।
पशु चिकित्सक सहित पशु स्वास्थ्यकर्मीहरु गाउँमै पुगेर पशु चौपायको स्वास्थ्य जाँच तथा निशुल्क औषधी वितरण गरिएपछि वडाबासीले स्थानीय सरकारको अनुभुति गाउँमै गर्न पाएको वडा अध्यक्ष मिश्राले बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिका पशु सेवा शाखाले शिविर संचालन गरेको हो ।