पश्चिममा पर्यटक तान्न भारत पठाउने ‘ब्रोसर’ तयार, के छ ब्रोसरमा ?


नेपालगञ्ज ६ पुस – भारतमा बाँके,बर्दिया लगायत कर्णाली र सुदूरपश्चिमको पर्यटनको प्रचारका ‘ब्रोसर’ तयार भएको छ । ब्रोसरमा बाँकेलाई पश्चिमका पर्यटकीयस्थलको ‘ट्रान्जिट’ मात्र नभई आफैमा पर्यटकको ध्यान खिच्ने ठाउँका रुपमा चिनाउन खोजिएको छ ।

जिल्लास्तरीय पर्यटन प्रर्बद्धन समितिले तयार गरेको उक्त ब्रोसर अंग्रेजीमा छ । भारतको लखनउ लगायतका शहरमा पर्यटन उद्योगसंग सरोकार राख्ने अगुवासंगको छलफलमा उक्त ब्रोसर वितरण गरिने छ ।

भारतमा बाँके लगायत क्षेत्रको पर्यटन प्रर्बद्धनका लागि नेपाली टोली जान लागेको सम्भवत पहिलो पटक हो । पोखराले चलिए पोखरा अभियान यसअघि नै सन्चालन गरिसकेका छन् । यसको मुख्य उदेश्य पश्चिमको पर्यटकीयस्थलको प्रचार, प्रसार गर्नु र त्यहाँका पर्यटकलाई आउन प्रेरित गर्नु भएको जिल्ला स्तरीय पर्यटन प्रर्बद्धन समितिका संयोजक अजय श्रीवास्तव बताउँछन् ।

ब्रोसरमा बागेश्वरी मन्दिर जस्ता धार्मिकस्थललाई देखाइएको छ । त्यस्तै बाँके निकुञ्जलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ । बाँकेमा ‘ट्रान्जिट’ पारेर कर्णाली र सुदूरपश्चिममा जान सकिने शुन्दर पर्यटकीयस्थलका बारेमा पनि बिस्तृत उल्लेख छ । जिल्ला स्तरीय पर्यटन प्रर्बद्धन समितिले बाँकेको पर्यटकीयस्थल झल्किने अलग्गै ब्रोसर समेत प्रकाशन गर्दैछ ।

प्रकाशित मितिः     ६ पुष २०७६, आईतवार ०८:२२  |