होटल गोल्डेन ब्लिजमा नयाँ वर्षको दिन बिशेष कार्यक्रम हुँदै


नेपालगन्ज ११ पुस – नयाँ वर्ष २०२० को अवसर पारेर जनवरी १ मा नेपालगञ्जस्थित होटल गोल्डेन ब्लिज (होटल भेरी)ले भव्य कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त दिन साँझ ६ बजे पछि बिशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको होटलका प्रबन्ध निर्देशक सिताराम यादवले बताए ।

उनका अनुसार, काठमाण्डौ.कान्ना हिल्स,नेपालगञ्जको आवाज ब्याण्डले प्रस्तुती दिने छ । नयाँ पुस्ता माझ उक्त ब्याण्ड निकै लोकप्रिय छ ।

प्रवेश शुल्क प्रति व्यक्ति १२ सय र ‘कपल’लाई रु २ हजार तोकिएको छ । यसमा वेलकम ड्रिंग्स फ्रि (अलकोहल वा नन् अलकोहल) एकपटक, लाईभ स्न्याक्स तथा खाना अनलिमिटेड व्यवस्था गरिएको छ ।

उक्त होटलका बिजनेश कन्सल्टेन्ट मोहमद रफिका अनुसार स्थानीय र राष्ट्रिय कलाकारको बिशेष प्रस्तुती रहनेछ । उक्त दिन बस्ने सेवाग्राहीलाई २५ सय र कपललाई ३५ सयमा टिकट सहितको रुम चार्ज उपलब्ध रहेको छ ।

प्रकाशित मितिः     ११ पुष २०७६, शुक्रबार १६:५३  |