औद्योगिक ग्रामको बजेट चाँडै निकासा हुन्छ : उद्योग सचिव खतिवडा


नेपालगञ्ज ११ पुस – उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव यामकुमारी खतिवडाले औद्योगिक ग्रामका लागि छुट्टाइएको बजेट चाँडै निकासा गरिने बताएकी छन् । नेपालगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव खतिवडाले बजेट निकासासंगै औद्योगिक ग्रामको काम अगाडी बढ्ने जानकारी दिइन ।

‘आर्थिक विकासको लक्ष्य भेटाउन सरकारले शुरु गरेको औद्योगिक ग्राम निर्माणको काम अगाडी बढ्छ । त्यसका लागि चाँडै रकम निकासा गर्छौ ।’– खतिवडाले भनिन् । उनले औद्योगिक ग्राम सन्चालनको सबै दायित्व स्थानीय तहकै भए पनि सुरुवाती चरणमा केन्द्र सरकारले सहयोग गरेको बताइन ।

उद्योग सचिव खतिवडाले साना तथा घरेलु उद्योगले आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै सरकारले त्यस्ता उद्योगलाई प्रोत्साहन गर्ने नीति बनाएको बताइन । उनले भनिन्,–‘स्थानीय स्रोत र सीपको प्रयोग गरी खुलेका उद्योग आर्थिक विकासका मेरुदण्ड हुन ।’

उद्योग सचिव खतिवडाले औद्योगिक विकास ऐन संसदबाट पारित भइसकेको जानकारी दिदै कार्यान्वयन आएपछि उद्योग दर्ता तथा नविकरणको काम प्रदेशस्तरबाट हुने स्पष्ट पारिन । उद्योग बिभागका महानिर्देशक जीवनराज सिटौलाले सुःखी नेपाली समृद्धी नेपालको नारा सार्थक बनाउन साना उद्योग खोल्नुपर्नेमा जोड दिए ।

उद्योग मन्त्रालयका सचिव र महानिर्देशक नेपालगञ्जमा

प्रकाशित मितिः     ११ पुष २०७६, शुक्रबार १७:२०  |