नेपालगञ्ज १३ पुस – नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगंज उप महानगर नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा शुक्रवारदेखि नेपालगन्जको सडक विभाग परिसरमा लागेको महोत्सवको तेस्रो दिन आईतवार प्रिती आले , चन्द्र शर्मा,ढाकाराम पौडेल, दिक्षा सुनार,कमल नारायाण नृत्य जोडी लगायत स्थानीय कलाकारको बिशेष प्रस्तुती दिएका छन् ।
महोत्सवमा सोमबार पशुपति शर्मा आउँदै छन् । त्यस्तै अंग्रेजी नयाँ वर्षको पहिलो दिन मंगलवार नेपाली सिनेक्षेत्रका महानायक राजेश हमाल आउन लागेको महोत्सव सांस्कृतिक उपसमितिको संयोजक मिना डाँगीले बताए ।
