चिसोका कारण नेपालगञ्जका विद्यालय चार दिन विदा


अत्याधिक चिसो बढेका कारण नेपालगञ्जका बिद्यालयमा विदा दिने निर्णय भएको छ । नगर शिक्षा समितिले यस्तो निर्णय गरेको हो । पुस १५ देखि १८ गतेसम्म विदा दिइएको हो । हेर्नुहोस् सूचना…

यस्तै डुडुवा गाउँपालिकाका सबै शैक्षिक संस्थाहरु ५ दिनका लागि बन्द भएका छन् । पुस महिनामा अत्याधिक चिसोका कारण वालबालिकाहरुलाई पठन पाठनमा समस्या आएकोले गाउँपालिकाले बन्द गर्ने निर्णय गरेको हो।गाउँपालिकाको शिक्षा शाखाले आजदेखि पुस १८ गते सम्म गाउँपालिका भित्रका सबै शैक्षिक संस्थाहरु ५ दिनका लागि बन्द गरिएको सुचना जारी गरेको छ।

प्रकाशित मितिः     १४ पुष २०७६, सोमबार १३:१०  |