नेपालगञ्जमा भ्रमण वर्ष शुभारम्भको तयारी


नेपालगञ्ज १५ पुस – पर्यटन वर्ष २०२० को स्वागतका लागि बाँकेमा बिशेष तयारी गरिदै छ । यसको मुख्य केन्द्रमा बाँके राष्ट्रिय निकुञ्ज छ ।  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल लगायतका बिशिष्ट अतिथी नेपालगञ्ज आउँदै छन् । ।

पाहुनाहरुलाई होटल सिद्धार्थ भ्यूमा जिल्ला स्तरीय पर्यटन प्रर्बद्धन समितिले स्वागत गर्दै छ । त्यसलगत्तै सोही होटलमा भ्रमण वर्षको स्वागत र न्यू एयर ईभको उपलक्ष्यमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरिदै छ । उक्त अवसरमा अतिशवाजी समेत गर्ने तयारी भइरहेको छ ।

बुधवार मुख्यमन्त्री लगायतको पाहुना टोली बाँके निकुञ्जको खड्कबारस्थित हात्तीसारमा जाने छ । त्यहाँ जङ्गल र हात्ती सफारीको उद्घाटन हुने छ । पर्यटन वर्षको शुभारम्भसंगै बाँके निकुञ्जलाई देश र बिदेशमा चिनाउन सहयोग पुग्ने छ ।

 

प्रकाशित मितिः     १५ पुष २०७६, मंगलवार १४:०२  |