नेपालगञ्ज १५ पुस – नेपाल भ्रमण वर्षको मुखमा बर्दियामा अत्याधुनिक रिसोर्ट संचालनमा आएको छ । बर्दिया राष्ट्रिय निकुन्ज र यस आसपासमा आउने पर्यटकको सुविधालाई लक्षित गर्दै बर्दियाको ठाकुरबाबा नगरपालिका, ९ ठाकुरद्धारमा बबई रिसोर्ट सञ्चालनमा आएको हो ।
जंगल सफारी, वर्ड वाचिङ, बबई नदी र कर्णा लीमा र्याफ्टिङ, डल्फिन वाचिङजस्ता प्याकेज उपलब्ध हुने रिसोर्टका प्रवन्धक धर्मराज गिरीले जानकारी दिए । उनका अनुसार रिसोर्टमा २५ करोड लगानी रहेको छ ।
रसोर्टमा धर्मराज घिमिरेको लगानी रहेको छ । कूल ४० ओटा कोठा रहेको रिसोर्टमा एकै पटकमा १ सय ५ जनासम्म पाहुना बस्न सक्छन् । नयाँ रिसोर्टले भ्रमण वर्षको मूखमा बर्दियामा पर्यटक आकषिर्त गर्न सहयोग पुग्ने प्रवन्धक गिरिले बताए ।