‘चुन्ना’को नेतृत्वमा समावेशी प्यानलको उम्मेदवारी घोषणा ( उम्मेदवारको नामावली सहित)


नेपालगन्ज १६ पुस – उद्योगी, व्यवसायीको छातासंगठन नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि समावेशी प्यानलले अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’को नेतृत्वमा बुधवार उम्मेदवार घोषणा गरेको छ । उक्त प्यानलको उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवाल उम्मेदवार रहनुभएको छ ।

सदस्यमा टंक धामी,अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाट रहनुभएको छ । त्यस्तै बस्तुगत तर्फ होटल व्यवसायी संघ बाँके नेपालगञ्जका अध्यक्ष भिमलाल कँडेल, र टेन्ट व्यवसायी संघ बाँकेका अध्यक्ष सिद्धान्तजङ्ग राणा ‘सिद्धु’ रहनुभएको छ ।

उम्मेदवारी घोषणा पछि बोल्दै अध्यक्ष पदका उम्मेदवार अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ले लामो समयदेखि संघमा रहेर उद्योगी, व्यवसायीको हकहितमा लाग्दै आउनुभएका उद्योगी, व्यवसायीहरुलाई उम्मेदवार बनाएर निर्वाचनमा होमिएको बताउँदै सहयोग गर्न आग्रह गर्नुभयो । ‘मलाई यहाँहरुले यसपटक संघको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिनु हुन्छ भन्ने बिश्वास छ । मसंगै मेरा सम्पूर्ण उम्मेदवार साथीहरुलाई बराबर नजरले हेरिदिनु हुन अपील गर्छु ।’– अध्यक्ष पदका उम्मेदवार चुन्नाले भन्नुभयो ।

उहाँले नेतृत्वमा पुर्याए निजीक्षेत्रबाट जिल्लाको विकासका लागि गर्न सक्ने योगदान गर्ने बताउँदै उद्योगी, व्यवसायीको हितका बिषयमा कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,–‘यहाँको दुःख, सुःखको सारथी बन्नका लागि म मेरो व्यापार, व्यवसाय र घरका कामकाज छोड्न तयार छु । २४ सै घण्टा यहाँहरुको सेवामा हाजिर हुन्छु ।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य एवं समावेशी प्यानलका संरक्षक दामोदर आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, नेपालञ्ज उद्योग वाणिज्य संघका पूर्व महासचिव अशोक कर्माचार्य, समावेशी प्यानलका संयोजक ईश्वर पोखे्रल, अग्रज व्यवसायी कृष्णगोपाल बैश्य, भाष्कर काफ्ले व्यवसायीक हितमा निरन्तर खटिन सक्ने सामाथ्र्य राख्ने उम्मेदवार उठाएको बताउँदै सहयोग गर्न आग्रह गरे ।

प्रदेश सांसद एवं नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष याकुव अन्सारीले समेत घोषणा सभामा सहभागि हुँदै आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । सचिवालय व्यवस्थापन समितिका बसन्त लामिछानेका अनुसार, उम्मेदवारी घोषणासंगै औपचारिकरुपमा समावेशी प्यानलका उम्मेदवार निर्वाचनमा होमिएका छन् ।

अध्यक्ष पदका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्ना

वाणिज्य तर्फको उपाध्यक्ष पदका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठ

उद्योग तर्फका उपाध्यक्ष आदेश अग्रवाल

सदस्यमा टंक धामी,अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाट रहनुभएको छ । त्यस्तै बस्तुगत तर्फ होटल व्यवसायी संघ बाँके नेपालगञ्जका अध्यक्ष भिमलाल कँडेल, र टेन्ट व्यवसायी संघ बाँकेका अध्यक्ष सिद्धान्तजङ्ग राणा ‘सिद्धु’ रहनुभएको छ ।

  

 

 

प्रकाशित मितिः     १६ पुष २०७६, बुधबार १७:२०  |