‘सबै त्यागेर संघ र व्यवसायीको हितमा काम गर्छु’– उम्मेदवारी घोषणापछि चुन्ना


  • अब्दुल वाहिद मन्सुरी चुन्ना

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष पदका प्रत्याशी

आदरणीय उद्योगी व्यवसायी दाजुभाई दिदी बहिनीहरु,
नेपालगञ्ज उद्योग वाणिज्य संघले स्थापनाको पचास वर्ष पार गरिसकेको छ । स्थापना कालदेखि यस संस्थालाई उद्योगी, व्यवसायीहरुको भरोसाको केन्द्र बनाउनु हुने सबै अग्रज प्रति सबैभन्दा पहिले नमन गर्न चाहान्छु ।

उद्योगी, व्यवसायी साथीहरु हाम्रो छाता संगठन नेपालगञ्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनको लागि यहि माघ ११ गते हुन गइराखेको निर्वाचनमा समावेशी प्यानल मार्फत मेरो नेतृत्वमा होमिन पाउँदा गर्व महसुस भइरहेको छ ।

उद्योगीका हरेक समस्यालाई समाधान गरी अगाडी बढ्न सक्ने, संघको स्थापनाकालदेखि लागेर संघको महत्वपूर्ण पदिय दायित्वमा बसेर आफ्नो भूमिकालाई सशक्तरुपले भूमिका निभाएका साथीहरु र नयाँ उर्जाका साथ आउनुभएका व्यक्तित्वहरु समावेशी प्यानलबाट चुनावी अभियानमा आउनुभएको छ । यस अभियानमा हाम्रो उम्मेदवारलाई विजयी गराउने अभियानमा सबैको साथ र सहयोग रहनेछ भन्नेमा हामी बिश्वस्त छौं ।

व्यवसायीक क्षेत्रमा थुप्रै समस्या र चूनौतीहरु छन् । त्यसलाई सहि ढङ्गबाट समन्वय गरी समाधान गर्नु पर्नेछ । संघलाई अझै समस्त व्यवसायीको भरोसाको केन्द्र बनाउनुपर्ने छ । यि सबै समस्याहरु जुझ्दै समाधान गर्न सक्ने समावेशी प्यानलका उम्मेदवारलाई अत्याधिक बहुमतले बिजयी बनाउनको लागि समस्त उद्योगी, व्यवसायी दाजुभाई, दिदी बहिनीमा समावेशी प्यानल हार्दिक अनुरोेध गर्दछ ।

साथीहरु २०६३ सालदेखि म निरन्तर संघमा रही यहाँहरुका समस्या समाधानको पहल गर्दै आएको छु । कार्यसमिति सदस्यदेखि हाल उपाध्यक्ष सम्म आईपुग्दा मैले कहिल्यै पालो मिच्ने काम गरिन । अग्रज र व्यवसायीहरुले जे दिनुभयो त्यहीमा चित्त बुझाए । क्रमश संघको राजनीतिक गर्दै जाँदा आज म अध्यक्ष पदको दावेदारी गरिरहेको छु ।

यसअघि झैं यसपटक पनि यहाँहरुले म र मेरो प्यानलका सबै साथीहरुलाई बिश्वास गर्नेमा म ढुक्क छु । सदाझैं म आगामी दिनमा पनि संघ र यहाँहरुको समस्या समाधानका लागि २४ सै घण्टा सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्छु । संघ र व्यवसायीक हितका लागि मैले मेरो व्यापार र व्यक्तिगत काम त्याग्नुपरे पनि त्याग्न तयार छु । सबै त्यागेर यहाँहरुको सेवा गर्ने अवसर मलाई दिनुहुन्छ भन्ने आशा गरेको छु ।

(उम्मेदवार घोषणासभामा अध्यक्ष पदका उम्मेदवार अन्सारीले दिएको मन्तव्यको सम्पादित अंश )

‘चुन्ना’को नेतृत्वमा समावेशी प्यानलको उम्मेदवारी घोषणा ( उम्मेदवारको नामावली सहित)

प्रकाशित मितिः     7:41:33 AM  |