अर्थमन्त्री खतिवडा नेपालगञ्जमा, व्यवसायीको समस्याका बारेमा ध्यानार्कषण


नेपालगन्ज १९ पुस – अर्थमन्त्री युवराज खतिवडा नेपालगञ्ज आएका छन् । यहाँ आएलगत्तै अर्थमन्त्री खतिवडाले उद्योगी, व्यवसायीसंग भेटघाट गरेका छन् भने नेपालगञ्ज भञ्सार लगायतको निरीक्षण गरेका छन् ।

राँझा विमानस्थलमा नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले अर्थमन्त्री खतिवडासंग भेटघाट गरे । उक्त अवसरमा नेपालगञ्जको उद्योगी , व्यवसायीको समस्याका बारेमा छलफल भएको छ । एकिकृत भञ्सार जाँच चौकी, नेपालगञ्ज–दिल्ली उडान, घिउ निकासीको अवरोध, नौवस्ता औद्योगिक क्षेत्र, मुगुवा बिशेष आर्थिक क्षेत्रका विषयमा अर्थमन्त्रीका् ध्यानार्कषण गराएको अध्यक्ष बैश्यले बताए ।

अध्यक्ष बैश्यका अनुसार, अर्थमन्त्री खतिवडाले बाँकेसंग जोडिएका अन्तरदेशिया उद्योगी, व्यवसायीका समस्याका बिषयमा जानकार भएको बताउँदै समस्या समाधानको पहल गर्ने बताए । नेपालगञ्जका समस्या समयमै सम्बोधन नभए अवस्था दयनिय हुने भन्दै अर्थमन्त्रीको ध्यानार्कषण गरिएको थियो ।

प्रकाशित मितिः     १९ पुष २०७६, शनिबार १९:४०  |