स्वरोजगारका लागि किनिने सवारीसाधनले ऋण पाउन छाडे


काठमाडौं। स्वरोजगारका लागि किनिने निजी सवारीसाधनका लागि समेत बैंकहरूले ऋण दिन छाडेका छन्। राष्ट्र बैंकले पुस ८ गते निर्देशन जारी गरेर ब्यक्तिगत आवधिक कर्जामा कडाइ गरेपछि स्वरोजगारका लागि किनिने सवारीसाधनले ऋण पाउन छाडेका हुन्।
राष्ट्र बैंकले भने स्वरोजगारका लागि किनिने गाडीका लागि अहिलेको ब्यवस्थाले नछुने जनाएको छ।

पानी बोक्ने भ्यान, सामान ओसार्ने र पहाडी यातायातलगायतका गाडी ुरातो प्लेटु का किनिन्छन्। रातो प्लेट निजी सवारीसाधन अन्तर्गत पर्दछ। यस्ता सवारीसाधन किनेर कसैले आम्दानी गर्छु भन्न खोज्यो भने उसले बैंकबाट ऋण पाउन छाडेको थियो।

त्ब्त्ब्क्ब्ल्क्ष्ःब् लभधच्ष्ममष्कष्ममष् ऋझभलत
बैंकरले राष्ट्र बैंकको निर्देशनलाई आधार बनाएर ऋण रोकेपछि राष्ट्र बैंकले यस्ता ऋणलाई अहिलेको निर्देशनले नछुने जनाएको हो।

राष्ट्र बैंकको निर्देशन अनुसार, ऋण भुक्तानी आम्दानी अनुपातको सीमा अधिकतम ५० प्रतिशत हुनु पर्ने छ। मानौं कसैको मासिक किस्ता ५० हजार हुन्छ भने उसको आम्दानी एक लाख रूपैयाँ हुनु पर्छ।

स्वरोजगारका लागि किनिने गाडीले अहिलसम्म यसले मासिक यति आम्दानी गर्छ, त्यसबाट म ऋण तिर्न सक्छु भनेर बैंकलाई भन्दा हुन्थ्यो। गाडीले भविष्यमा गर्ने आम्दानीलाई बैंकले मानेका थिएनन्। बैंकले मासिक किस्ता जति हुन्छ, त्यसको दोब्बर आम्दानी भएको कागजपत्र बैंकलाई बुझाउनु पर्छ भन्दै आएका थिए।

स्वरोजगारलाई समस्या पर्ने भएपछि राष्ट्र बैंकले आफ्नो निर्देशन पुनरावलोकन गर्ने भएको छ। संशोधित निर्देशन जारी गर्न केही समय लाग्ने भएकाले पुरानो निर्देशनको ुमर्मु लाई बुझेर बैंकहरुले स्वरोजगारलाई ऋण दिए हुने राष्ट्र बैंकले जनाएको छ।

ुयो निर्देशनमा बैंकहरू धेरै माइन्युट्ली जानु पर्छ जस्तो लाग्दैन। यसको तर्क र मर्म बुझेर काम गर्दाखेरी केही समस्या हुँदैन,ु नियमन विभागका प्रमुख देवकुमार ढकालले बिजमाण्डूसँग भने, ुराष्ट्र बैंकले उनीहरुले मर्म अनुसार गरेको काम छ भने मानिहाल्छ। भविष्यमा हुने आम्दानीको अनुमान ९प्रोजेक्सन० लाई बैंकरले मान्छन् भने राष्ट्र बैंकले पनि मान्छ। यसमा गाह्रो छैन।ु

उनले निर्देशन जारी गर्ने बेलामा कुन आम्दानीलाई आधिकारिक मान्ने भनेर हेर्दा कर तिरेकोलाई राष्ट्र बैंकले आधिकारिकता दिएको भन्दै यसबाहेकका आम्दानीलाई पनि स्वीकार गरिएको जानकारी दिए।

ुकर नलाग्ने अन्य खालको आम्दानी हो भने त्यसमा कर तिरेको प्रमाणपत्र चाहिँदैन, ु उनले भने, ुरेमिटेन्स, कृषिलगायतका क्षेत्रको प्रमाणपत्र चाहिँदैन। तर त्यो पनि आम्दानी नै हो। त्यसैले यसमा धेरै चिन्ता लिनु पर्दैन।ु

उनले जसको आम्दानी जति छ त्यो अनुपातमा उसले सवारी साधन वा घर किन्न पाउनु पर्छ भन्ने राष्ट्र बैंकको उद्देश्य रहेको भन्दै क्षमताभन्दा बढि ऋणल लगेमा त्यो तिर्न नसक्ने अवस्था हुन सक्ने भएकाले अनुपात तोकिएको जानकारी दिए।

उनले लामो अध्ययनपछि जारी गरिएको निर्देशनमा अझै पनि केही त्रुटी भए सच्याइने बताए। उनले स्वरोजगारका लागि किनिने गाडी वा जुनसुकै ब्यक्तिगत ऋण दिन अहिलेको ब्यवस्थाले नछेक्ने भन्दै केहि अस्पष्टता भए त्यसलाई चाँडै प्रष्टता दिइने बताए।

ुऋण रोकिनु हुँदैन। कतिपय बैंकले आशय बुझेर पनि शब्दमा धेरै घुमेजस्तो छु ढकालले भने, ुमर्ममा जानु पर्छ। अहिलेको निर्देशनको मर्मले ऋण दिन रोकेको छैन।ु

प्रकाशित मितिः     २० पुष २०७६, आईतवार १६:४४  |