भ्रमण वर्ष २०२० र बाँके–सुर्य ढकालको लेख


  • सुर्य ढकाल

२०२० साललाई भ्रमण मनाउने उदेश्य सहित २०७६ पुष १६ गते संमाननिय राष्टपति विधादेवि भण्डारीको प्रमुख अथित्यमा विविध कार्यक्रमका साथ भ्रमण वर्ष २०२०को अभियन शुभरम्भ गरिएको छ । पर्यटनलाई अर्थतन्त्रको एक प्रमुख आधार बनाउने लक्ष्य सहित यो कार्यक्रम अगाडी आएको छ । नेपालमा १९९८ मा पहिलो र २०११ म दोसो भ्रमर्ण वर्षको आयोजना गरिएको थियो ६९ वर्ष यता यो भ्रमर्ण बर्ष तेस्रो हो । नया वर्ष २०२० को उज्योल विहानी र आरम्भसग नयाँ आशा उत्साह,उर्जा अपेक्षा साथ सरकारले अगाडी सारेको सुखी नेपाली समृद्ध नेपाल को सपना पुरा गर्नका लागि पनि यो एउटा कार्यक्रम हो ।नेपाल अहिले स्थायी शान्ती स्थिरता समृद्धि र सुशासनको बाटोमा छ । नेपालमा लगानीको वातवरण बनेको छ विदेशि लागानी कर्ताहरुलाई सन्देश दिने अभियान पनि हो । सरकार यस बर्ष २० लाख पर्यटन भित्राउने लक्ष्य राखेको छ । ।

पर्यटन वाट नेपालमा कुल गाहय उत्पादनका ३ प्रतिशत योगदान छ । सरकारले १५ औ पन्चबर्ष योजना सम्पन्न हुदा पर्यटनको कुल गा्रहस्य उत्पादन १० प्रतिशत पुराउने लक्ष्य छ । अहिले पर्यटकहरुले नेपालमा प्रतिव्यक्ति ४४ अमेरिकन डलर खर्च गरेका छन यसलाई बढाएर ८० डलरमा पुराउने सपना देखेको छ । नेपाल सानो देश भएर पनि प्राकृतिक सम्पादा सकृतिक गतिविधि तथा संस्कृति बस्तुकला विभिन्न मन्दिर खोला नाला बन जगलको कारण सबैको आकृषणको केन्द्र बनेको छ ।नेपाल कसैको गुलामी र उपनिवेशीक नबनेको देश हो । हाम्रा प्र्खाहरु र प्रकृतिले हाम्रो देशलाई गौरवमय बनाए पनि मृर्गले आफनो शरिरको बास्ना को खोजिमा दौडिए झै हामी दौडिरहेका छौ । गौतम बुद्ध लुम्बीनि,पशुपतिनाथ, जानकि मन्दीर र सगरमाथाको मात्र विश्वमा प्रचार गर्न सक्ने हो भने नेपालमा पर्यटक भित्राउन त्यति गाहो छैन ।

पर्यटनले मानिसलाई आनन्द र मनोरन्जन मात्रै हैन नयां कुराको अनुभव र जानकारी समेत गराउछ । पर्यटनको विकासक्रम मानव उत्पतिसगै जोडिएको छ । मानव इतिहासको सूरुमा जगलमा बस्ने मानिसहरु आफनो दैनिक आवश्यकता पुरा गर्नेका लागि एक ठाउ वाट आर्को ठाउमा जाने गर्दथे । जनसख्याको बृद्धि सगै मानव सम्यमतामा नयां आयमहरु थपिए र मानविय समस्याहरु बढन थाले मानिसहरु घुमन्ते स्वाभाव बाट स्थायी बसोवास र कृषि व्यवसायप्रिति आकृषित भए मानिसहरु ढुगेयुगबाट कृषियुगतिर लम्किए मानविय आश्यकता र चहानाहरु थपिदै गए ।सन १८४१मा थोमस कुकले ५७० जनाको एक समुहलाई प्रतिव्यत्ति केहि निश्चि रकम लिएर यात्रा गराए र तचबखभ िबनभलअथ को काम शुरु गरे त्यसपछि नै भ्रमणलाई व्यावसायको रुपमा अगाडी बढाउन सकिने रहेछ भन्ने ज्ञान विश्वलाई पहिलै भएता पनि हामी नेपालीलाई भने विस्तारै ज्ञान हुन थालेको छ ।

यातायतको विकासले मानिसको यात्रालाई व्यापक बनाइदियो । १९ औ शताव्दीको मध्यतिर आईपुग्दा मानिसहरु विदामनाउन, मनोरन्जन गर्न ,शिक्षा आर्जन गर्न, अन्य ठाउको भौगौलिक ज्ञान त्यहाका मानिसहरको सामाजिक साकृति र आर्थिक स्थिति जान्ने बुझने इच्छालाई पुर्ण गर्न पनि यात्रा अनिवार्य भयो ।२० औ शताव्दीमा आएर विशेष गरि विश्वका लागि विदेशी मुद्रा आर्जन गर्ने प्रमुख माध्यम नै प्रर्यटन व्यवसाय बनेको छ ।अविकसित देशहरुमा बढदै गएको वेरोजगारी समस्या हल गर्न पनि पर्यटन व्यवासाय एउटा भरप्रदो माध्यमा बनेको छ । दक्ष,अर्ददक्ष,स्थानीय स्तरमा व्यतिmहरुको पुर्ण र आशिक रोजगारीको लागि पनि पर्यटन व्यवसाय बनेको देखिन्छ ।आर्थिक फाईदाको अतिरिकत राजनैतिक र सामाजिकसुदृढिकरणक लागि ।

सांस्कृतिक आदान प्रदान वापत यस व्यावसाया बाट भईरहेको देखिन्छ ।अहिले पर्यटन व्यवसाय कुनै पनि देशको आर्थिक सांकृतिक एव राजनैतिक पक्षसग गासिएको छ । अतिथि देव भव पाहुना भनेका भगवान हुन भने झै पर्यटन व्यवसायमा पर्यटन भनेका भगवान हुन । उनिहरुको सम्मान गरौ र उनीहरु बाट सम्मानित हौ भन्ने आर्दश वाक्य यस व्यवसायमा सफलताको लागि मुल मत्र मानिन्छ ।कतिपय देशहरुको लागि विदेशि मुदा आर्जन गर्ने प्रमुख स्रोत नै प्रर्यटन व्यवासाय बनेको छ । यही व्यवसाय माफत हजारौले रोजगारी प्राप्त गरेका छन । कला सकृति संरक्षण र सर्वद्धन गर्न ठुलो टेवा पुगेको छ । नेपालकै क्ेरा गर्ने हो भने देशको लागि सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने स्रोत हो ।

 

सबै हिसावले पछाडि परेको र पारिएको बांके जिल्लादुई प्रदेशको द्धावा हो । सोच चिन्तन सबै क्षेत्रमा सम्वृद्धि ल्याउने हो भने. पहिलो सर्त पर्यटन क्षेत्रको विकासमा जोड दिन सक्नु पर्दछ । चेतनामा विकास नघुसे सम्म विकासको गतिलाई अगाडि बढाउन सकिदैन । सामुहिक एव सामाजिक भावना विकास गर्न सवैको सह अस्तित्व एव सहकार्यको शिक्षा दिन पनि पर्यटन क्षेत्रको विकास अनिवार्य छ । पर्यटन उधोग विश्वको सबैभन्दा ठुलो उधोगको रुपमा स्थापित हुने अवस्थामा छ । हाम्रो देशमा पर्यटनको जुन हिसावले विकास गर्न सक्नु पर्ने थियो त्यो हिसावले हुन सकेको छैन । हाम्रा तमाम समस्याहरु मध्य बेरोजगारी समस्या नेपालको प्रमुख समस्या हो । आज नौ जवान युवाहरु कामको खोजीमा प्रत्येक दिन १५०० भन्दा बढी विदेशिन वाध्य छन ।

रोजगारीका अवसर मध्य पर्यटन विकास पनि एक महत्वपुर्ण क्षेत्र हो । पर्यटनका मूख्य क्षेत्रहरु ताल,नदि,हिउ वरफ ,पहाड गुफा गल्छी लोकसाहित्य हस्तकला भेषभुषा चाडपर्व वन जडगल चिडिया खाना, सफरी पार्क म्युजिय स्मारक धार्मीक स्थल, खेलकुदका विभिन्न विधाहरु जस्ता विषयहरु ह्ुन । पर्यटन विकासको लागी वरफ गल्छी र हिउ बाहेक सवै हाम्रो बाकेमा सम्भावना छ ।यसको क्षेत्र असिमित छ ।साना मजुला मध्य हुदै पाच चारे होटेहलहरु संचालनमा छन । ठाकुरद्धावा, मुगु र डोल्पाका तालहरु, हिमसिखलाहरु,बुलबुले काकेरे विहार स्वार्गद्धावारी मानसरोवर जादा आउदा बास बस्ने ठाउं हो बाके । भौगौलिक क्षेत्र ,प्राकृतिक क्षेत्र आर्थिक क्षेत्र ,सामाजिक क्षेत्र सास्कृतिक क्षेत्र औधोगिक क्षेत्र ,आजको अवस्थावाट हेर्दा यसले मानव र उ सग सम्वन्धित जीवन र जगतकै सम्पुर्ण विषय वस्तुहरु आफनो क्षेत्र भित्र पारिसकेको छ ।

मानव संसारको सवैश्रेठ प्राणी हो । उसको वौधिक क्षमता अन्य प्राणीहरुको भन्दा धेरै माथि छ । मानवले आज वैज्ञानिक र प्राविधिक क्षेत्रमा ठुलो प्रगति गरेको छ । आजको मानव जिवन अत्यन्तै व्यस्त भएको कारण उ पाएको छोटो फुर्सदको समयलाई कुनै रचनात्मक क्रियाकलापमा सदुपयोग गर्न चहान्छ । त्यसको पहिलो रोजाई भनेको पर्यटन क्षेत्र हुनसक्छ ।पर्यटनको विकास मानवको आर्थिक सामाजिक, राजनैतिक शैक्षिक साकृतिक लगायत चौतर्फि उन्नतिको लागि भएको पाइन्छ । पर्यटनले कुनै पनि मुलुकको जनताहरुको जिवनस्तर सुधार ल्याउन मदत गर्दछ । मानिसको आर्थिक सम्वृद्धिको लागि पर्यटनले सकरात्मक परिणम दिन सक्छ ।

प्रत्येक वडामा एक होमस्टे निमार्ण गर्ने अभियान संचालन गर्ने र होमस्टे निमाण गर्ने क्षेत्रमा यातायात बिधुत संचार र खाने पानीको पुर्वआधारमा स्थानिय तह बाट अनिवार्य बजेटको व्यवस्था गर्ने नियम मिलाउने हो भने गा्रमीण क्षेत्रमा होमस्टेको निर्माणमा प्रतिस्प्रदा हुने छ ।क्रमस एक वडा एक होमस्टे निर्माण गर्ने हो भने जुन सुकै वडामा जादा पनि खान बस्नको समस्या नहुने अवस्था बनाउन सके आन्तरिक पर्यटनको वृद्धि आउुने छ । आन्तरिक पर्यटनको बृद्धि हुदा गा्रमिण तहमा उत्पादनमा वृद्धि आउने छ । उत्पादनमा वृद्धि आउदा स्वरोजगारीमा समेत वृद्धि हुने छ । गा्रमिण तहका बाझा जमिनहरु उत्पादनमा रुपान्तरण हुने छ ।

पर्यटनको विकासले सामाजिक सम्वन्धको विकास गरी आत्मर्निभरता बढाउछ । विज्ञान प्रविधि र सुचनाका कारण विश्व कहा पुग्यो हामी अझै पनि कर्णली वारि र पारि, पुुर्व र पश्चिम, डाडा वारि र पारिका कुरामा रुपमालिएका छौ । यो चेतना स्तर बाट मानव जिवनलाई अगाडि बढाउन पनि पर्यटनको विकास अनिवार्य छ ।पर्यटनबाट सामाजिक सम्वन्धको गाठौ कसिलो हुन गई विश्वमा मानव शान्ति र समझारीको भावना जागृत गर्न सकिन्छ । विश्वमा प्राय सवै मुलुकहरु पर्यटनको विकास गरेर आफना जनताको जीवन स्तरमा सुधार ल्याउन प्रयत्न गरिरहेका छन । उनीहरु यस क्षेत्रमा प्रथामिकता आधारमा लगानी गररिहेका छन । यस बाट विदेशी मुद्रा प्राप्त हुने त छदैछ । यस बाट घरेलु तथा ठुला उधोगहरु संरक्षण हुन सक्छ । त्यसमा पनि देशभित्र विधमान बेरोजगारीमा कमि ल्याउन सकिन्छ ।

पर्यटनको विकास मा लगानी गर्नु भनेको पानी विधुत यातायात संचाार जस्ता सेवाहरुको विस्तार गर्नु पनि हो । एक वडा एक खेल मैदान, एक गाउपालिका वा नगरपालिक एक आधुनिक पार्क, एक क्षेत्र एक चिडिया खान,एक गाउपालिका एक पिक्नीक स्पोट निमार्ण गरेर आन्तरिक तथा वायहे पर्यटकलाई भित्राएर आम्दानी वृद्धि गर्न सकिन्छ र जुन ठाउमा वा स्थानमा पर्यटनको विकास हून्छ त्यस ठाउमा शान्ति,सम्वृद्धि सदभाव रर एकता छ भन्ने सन्देश प्रवाह हुन पूग्छ । नेपाल प्राकृतिक सुन्दरता भौगोलिक विविधता र सास्कृतिक एव कलात्मक विष्ट कारण पर्यटनको विस्तारका असिमिति सम्भावनाहरु रहेका छन । कृषि र वन सेवा उधोगलाई पर्यटन विकासको अभिन्न अगको रुपमा विकास गरी रोजगारी श्रृजना गर्न तथा जनताको आय आर्जनमा अभिवृद्धि गर्न योजना बनाउन सक्नु पदर्छ ।

आज विश्वमा पर्यटनमा दिन दुगुना रात चौगुनाको रुपमा गतिविधिहरु व्ृद्धि भईरहेका छन । पर्यटन उधोगलाई राष्टिय अर्थतन्त्रको मुल आधार स्वविकार गरेर कैयौ मुलुकहरुले पर्यटन सम्वन्धी राष्टिय नीतिको .तजुमा समेत गरेका र पर्यटन विकासमा लागि आवश्यक पुर्वआधार खडा गर्न अहोरात लागिरहेका छन ।पर्यटन विकास देशको सामाजिक आर्थिक प्रगतिको लागि अपरिहार्य छ । आफु बसोवास गरेको ठाउ र जनताको जिवन स्तर माथि उठाउने हो भने पर्यटन क्षेत्रको विकासलाई पहिलो प्रथामिकतामा राख्न जरुरि छ । बाकेकोलाई पर्यटनको हिसावले विकास गर्न सम्भावना धेरै रहेको छ । कोहलपुर ढकेरी कुसुम बाके राष्टिय निकुन्जु बैजापुरको भुरभवानी मन्दिर अगैया,गाभार भेली, बागेश्वरी मन्दिर, राप्तीनदि, खहरे खोला धर्म सास्कृति रहन सहन रितीरिवाज र वनको हिसावले पर्यटनको विकास सजिलै गर्न सकिने अवस्था छ ।
नेपाल दुई विशाल मुलुकहरु चीन र भारतको बीचमा पर्ने दक्षिण एशियाको सुन्दर शान्ता मुलुक हो । नेपालको क्षेत्रफल १४७१८१ मिटर रहेको छ । नेपाल प्राचिन काल देखिनै धार्मिक सास्कृति अन्य दृष्टिकोणले सबैको आकृषणको थलोको रुपमा रहेको छ । विश्वका विभिन्न मुलुकहरुले पर्यटनको विकासको निश्चित नीति र योजना तजूमा गरेको देखिन्छ । पर्यटनको विकास गरि गरिवि अभाव र वेरोजगारी समस्यालाई समाधन गर्न सकिने अवस्था रहदा रहदै पनि ठोस नीति र योजनाको अभावमा हामी यस क्षेत्रको विकास गर्न सकेका छैनौ ।

नेपाल समाज परम्परागत रुपले धार्मिक मनोवृतिको भएको कारण हाम्रा दैनिक सास्कृति, विविध चाडपर्व पारिवारिक उत्सव र धार्मिक सभा समारोह आदि सवैमा धर्मको स्पस्ट भावना अभिवक्त भएको पाइन्छ । नेपालको पत्येक पाहिलामा एउटा पर्यटकले मन्दिर गुम्वाहरु धर्मिक सभा जुलुस र धार्मिक भाव अभिवक्त गर्न सगिताका स्वर लहरिहरु देख्न सुन्न पाउछ । नेपाल विश्वको एक मात्र हिन्दु राष्ट हो ता पनि यहा हिन्दु र बौद्ध एक सिक्काका दुई पाटाको रुपमा रहेका छन । भने अन्य धर्म पालन गर्नहरु बीच पनि सहित्णता र आत्मीयाताको भाव अन्तरनितिहि रहेको देखिन्छ ।

 

जेरुसेलम पुग्ने क्रिरिचयनहरु,मक्कामदिना पुग्नेहरु मुस्लिमहरु, जस्तै बौद्धिटहरुलाई लुम्बिीनी हिन्द्हरुलाई पशुुपति ल्याउन सकिन्छ । आज दुनियाभर शिक्षित मध्म वर्गीय व्यीत्तहरुको सख्यामा बृद्धि भईरहेकोछ ।यो वर्ग अध्यनन र अवलोकन गर्न कामृमा सदा लागिरहन चहान्छ । आन्तरिक पर्यटन बाट मुलुकका निवासिहरु बीचमा राम्रो समझदारी स्थापना हुन सक्छ । विभिन्न धर्म,सकृति,भाषा भेषभुष अवलम्वन गर्न विभिन्न क्षेत्रका मानिसहरु बीच हुने प्रत्यक्ष भेटघाट र सम्र्पकले सामाजिक सांस्कृतिक सामञ्जस्यता काय हुन्छ ।  नेपाल आन्तरिक पर्यटनको महत्वपुर्ण हिस्साको रुपमा रहेको छ । गा्रमीण पर्यटन नेपाल गाउं नै गाउैले भरिएको मुलुक हो । यहाका सवै गाउहरु आफैमा स्र्वग छन । हरेक गाउमा मठ मन्दीर गुम्वा छन ।

आज आन्तरिक पर्यटनले विश्वव्यापी रुपमा लोकप्रियता कमाईसकेको छ ।देश बाहिर जान नसक्नेहरुको लागी आन्तरिक पर्यटन महत्वपुर्ण रोजाई हुन सक्छ । नेपालमा आन्तरिक पर्यटनको थप विकासको संभावना प्रवल देखिन्छ ।किन भने आन्तरिक पर्यटनका लागि ठुलो श्रोत र साधनको जरुरत पर्दैन ठुला अन्तराष्टिय स्तरका होटेल जरुरत पर्दैन । सामन्यता संचार विजुली र पानीको व्यवस्था भए पनि पुग्छ । नेपालमा रहेका प्राकृति,सामाजिक सांस्कृतिक र धार्मिक क्षेत्रहरुमा नै यहा आन्तरिक पर्यटनका विकासका कारक तत्व हुन । पर्यटनको विकास गर्न धेरै धन विज्ञ प्राविधिक सूरुमा आवश्यक प्रदैन मात्र इच्छा शक्ति भए पुग्छ । प्रकृतिलाई विगारेर मासेर होइन सिगारेर साफटे पर्यटन उधोग तथा आर्थिक विकासको अभियान संचालन गर्नु पर्दछ । बाँके जिल्लामा जनताको सहभागिता सबै भन्दा धैर होमस्टे संचालन भएको जिल्ला को रुपमा चिनाउने अभियन संचालन गर्ने योजना बनाउनु पदर्छ ।

प्रकाशित मितिः     6:01:38 PM  |