अग्नीपीडित राजकुमार चौधरीलाई आर्थिक सहयोग


नेपालगन्ज २१ पुस – अम्विकेस्वरी माल्टी यातायात प्रालि नेपालगन्ज कारकांदोले अग्नीपीडित राजकुमार चौधरीलाई आर्थिक सयहोग गरेको छ । प्रालिका अध्यक्ष भद्रबहादुर वलीको पहलमा यातायात व्यवसायीहरुले सोमबार २ हजार ५ सय रुपैयाँ सहयोग गरेका हुन ।

करिव एक साताअघि चौधरीको होटेलमा आगलागी हुँदा फर्निचर, लत्ताकपडा, टेलीभिजन लगायतका बन्दोबस्तीका समाग्री जलेर नष्ट भएको थियो । बिद्युत सट भएर आगलागी भएको शंका प्रहरीको छ । आगलागीपछि उनको होटेल बन्द भएको थियो । सहयोगी मनको सहयोगले उनले फेरि होटेल सन्चालन गरेका छन् । थारु गीतमा मोडलिङ गर्दै आएका चौधरी लामो समयदेखि होटेल सन्चालन गर्दै आएका थिए ।

प्रकाशित मितिः     २१ पुष २०७६, सोमबार १७:०२  |