घरको नक्सा पास नगराएकालाई मौका, दोब्बर दस्तुर तिर्नबाट जोगिने


नेपालगञ्ज २२ पुस – नेपालगञ्ज उपमहानगरपालिकाले घर बनाएर नक्सापास नगरेकालाई पुस मसान्तसम्मको समय सिमा दिएको छ । समय सिमा भित्र नक्सा पास नगराउनेलाई दोब्बर दस्तुर जरिवाना लाग्ने छ । नेपालगञ्ज उपमहानगरले नगरसभाबाटै नक्सा पासको मौका दिने प्रस्ताव पारित गरेको थियो ।

नक्सापास फाँटका नायव सुब्बा सतिश कलवारका अनुसार, समय सिमा भित्र नक्सापास नगरे अनुमगन गरी कारवाही गरिने छ । नेपालगञ्जमा कति घर नक्सापास बिना बनेका छन् भन्ने एकिन छैन । उपमहानगरका सूचिकृत इन्जिनियरिङ्ग परामर्शदाता सुरेन्द्र बोहराका अनुसार, तीस प्रतिशत घरको नक्सा पास छैन् ।

त्यसरी नक्सापास नगर्नेलाई यसपटक मौका दिन लागिएको हो । नक्सापास नगर्दा बैंकको ऋण लिन र बैदेशिक शिक्षाका लागि जाने क्रममा सम्पत्तिको मुल्यांकन गर्ने जस्ता काममा समस्या पर्ने गरेको छ । अहिले सटर भएका घरको नक्सापास गर्दा प्रति बर्गफिट १४ रुपैया लाग्छ । त्यस्तै अवासिय घरका लागि प्रति बर्गफिट १२ रुपैया पर्छ ।

चारवटा कोठा भएको घरको नक्सापास गर्दा कम्तिमा १५ हजार रुपैया लाग्छ । पुष मसान्तसम्म नक्सा पास गर्दा त्यसको दोब्बर ३० हजार लाग्न सक्छ । ‘अहिले दोब्बर दस्तुर तिर्नबाट जोगिने अवस्था छ ।’– सब–इन्जिनियर बोहराले भने ।

प्रकाशित मितिः     २२ पुष २०७६, मंगलवार ११:५७  |