कोहलपुर २४ पुस – बाँकेको कोहलपुमा तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी, एवम् पर्यटन महोत्सव सुरु बिहिवारबाट सुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समिति र महिला उद्यमी समितिको मूख्य आयोजनामा सुरु भएको ‘तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी, एवम् पर्यटन महोत्सव’ को उद्घाटन नेपाल सरकारका उद्योग तथा आपूर्तिमन्त्री लेखराज भट्टले गरेका छन् ।
महोत्सवको उद्घाटन गर्दै मन्त्री भट्टले लामो समयदेखि निर्माण व्यवसायीहरुले काम नगर्दा देशको विकासले गति लिन नसकेको बताउँदै चालु आर्थिक वर्षको पहिलो चौमासिकमा प्रधानमन्त्रीद्वारा १५ दिन भित्र निर्माण व्यवसायीहरुको विवरण उपलब्ध गराउन निर्देशन दिईएको जानकारी दिएका छन् । साथै उनले देशमा आन्दोलन र विरोध नभएर आर्थिक समृद्धिका लागि एक भएर लाग्नु पर्ने भन्दै आर्थिक समृद्विका लागि नेपालका राजनीतिक दल, सरकार, नीजी क्षेत्र तथा विभिन्न निकायलगायत सबैलाई सहकार्यका लागि आग्रह समेत गरेका छन् ।
‘देशमा राजनीतिक क्रान्ति सकियो, अब आर्थिक क्रान्ति गर्ने समय आयो’ उनले भने ‘सरकार आर्थिक समृद्विका लागि सबैसँग सहकार्य गर्न तयार छ, देशमा हिंसात्मक आन्दोलन होईन्, सकरात्मक सोच सहितको विकासमा सबै लागैं र सरकार सबैलाई समेट्न चाहान्छ ।’ मन्त्री भट्टले बाँकेको नौवस्ता औद्योगिक क्षेत्रलाई सरकारले पहिलो प्राथमिकता दिएको जानकारी दिँदै स्थानिय स्तरमा उत्पादित वस्तु, नयाँ तरिकाको कृषि व्यवसाय अबको प्राथमिकता सरकारले राखेको र नीजि क्षेत्रका लागि लगानीमैत्री वातारण निर्माण गर्न सरकार तयार रहेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले नेपाल घरेलु तथा साना उद्योग महासंघले सबै प्रदेशमा महोत्सव लगाउने अभियानमा रहेको जानकारी दिँदै लघु उद्यमीहरुले उत्पादन गरेका वस्तुहरु महोत्सवमा प्रर्दशन गरी आफ्नो लक्ष्य पुरा गर्नेे बताएका छन् ।
साथै विदेशी वस्तुलाई प्राथमिकता दिनका लागि नभएर स्वदेशी वस्तुलाई विशेष जोड दिनका लागि महोत्सव आयोजना गरिएको उनले बताएका छन् । सरकारले स्थानिय स्तरमा उत्पादित वस्तुहरुको बजारीकरणका लागि सहजिकरण गर्न माग गर्दै नेपालमा उत्पादित बस्तुलाई अन्तर्राष्ट्रिय बजारमा खपत गराउनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै महोत्सव मुल समारोह समितिका संयोजक हेमविक्रम जिसीले स्थानिय स्तरमा उत्पादित वस्तुहरुलाई बजारीकरण गर्नका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । साथै उनले कला, संस्कृति, पर्यटन विकास तथा स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताएका छन् ।
कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज ‘अथक’ले बाँकेको कोहलपुरलाई अन्र्तराष्ट्रिय व्यापारिक केन्द्र विन्दुका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले कोहलपुर क्षेत्रको पहिचानलाई अन्य क्षेत्रमा चिनाउनका लागि महोत्सव आयोजनालाई विवादित बनाउन नहुने भन्दै महोत्सवलाई सफल बनाउन यस क्षेत्रका उद्योगि व्यापारीहरुलाई अनुरोध गरेका छन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले महोत्सवहरुले स्थानिय स्तरबाटै उपादित भएको बस्तुहरुलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
हात्ति सहितको झाँकि ¥याली
महोत्सवको उद्घाटन अघि हात्ति तथा विभिन्न किसिमका झाँकी प्रदर्शनसहित कोहलपुरचौराहबाट ¥यालि निकालिएको थियो । हात्ति सहितको ¥यालि कोहलपुर बजार परिक्रम गरी महोत्सव स्थलमा पुगेको थियो । महोत्सवमा स्थानिय स्तरमै उत्पादित वस्तु, विभिन्न जातीय खाना, बाल उद्यान, कृषि वन तथा उद्योग र पर्यटनलाई प्रवद्र्वन गर्न स्थानीय तथा स्वदेशी उत्पादनका विभिन्न स्टल, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ।