पृथ्वी जयन्तीमा नेपालगञ्ज उपमहानगरले सार्वजनिक विदा नदिने, कारण यस्तो छ


नेपालगञ्ज २५ पुस – पृथ्वी जयन्तीको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका सार्वजनिक बिदा नहुने भएका छ । बिगतका वर्षमा बिदा हुने गरेका थियो । तर राजनीतिकरुपमा उक्त विदा बिवादरहित हुन सकेको थिएन ।

आज शुक्रवार बसेको बोर्ड बैठकमा मेयर धवल शम्सेर राणाले पुस २७ मा सार्वजनिक विदा दिनका लागि प्रस्ताव पेश गरेका थिए । तर प्रस्ताव प्रति नेकपाका कार्यपालिका सदस्यहरुले असहमति जनाएपछि बिदा सम्बन्धी निर्णय हुन सकेन । कार्यपालिकाको बैठकको निर्णय अनुसार विदा दिने अवस्था सिर्जना नभएको मेयर राणाले बताए । ‘बहुमतको कदर गर्नै पर्यो ।’– उनले भने ।

प्रस्तावका बिषयमा नेपाली काँग्रेस र समाजवादी पार्टी प्रतिनिधिहरु तटस्थ बसेका थिए । राप्रपाका कार्यपालिका सदस्यले समर्थन गरेका थिए । उपमहानगरका प्रवक्ता समेत रहेका वडा नम्बर १ का अध्यक्ष प्रमोद धितालले पुस २७ मा बिदा नहुने बताए ।

‘पृथ्वीनारायाण शाहलाई राष्ट्रिय व्यक्तित्व मान्ने तर बिदा दिने बेला एउटा स्थानीय मात्र अघि सर्ने कुरा सुहाएन ।’– रिजालले भने,–‘यदि बिदा नै दिने हो भने प्रदेश र केन्द्रले दिउन । त्यसका लागि पहल गरौ ।’

प्रकाशित मितिः     २५ पुष २०७६, शुक्रबार १७:४७  |