नेपालगञ्ज २७ पुस – नेपालगन्ज नगर विकास समितिले एक दशक पछि वाटरपार्क जग्गा एकिकरण आयोजनाका जग्गा धनीलाई अस्थायी लालपुर्जा वितरण गरेको छ ।
सर्वसाधारणको जग्गा अधिग्रहण गरेर नगर विकास समितिले उक्र आयोजना सन्चालन गरिरहेको छ । २०६४ सालदेखि उक्त आयोजनाको काम शुरु भएको थियो ।
आईतवार नेपालगन्ज नगर विकास समितिका अध्यक्ष धवल शम्सेर राणाले १ सय ८७ जनालाई वितरण गरे । पन्ध्र दिने सूचना जारी गरेपछि सम्पर्कमा आएकालाई अस्थायी लालपुर्जा वितरण गरिएको हो ।
अझै पाँच सय बढिलाई अस्थायी लालपुर्जा दिन बाँकी रहेको छ ।
परियोजनाको काम दुर्तगति अघि बढेको मेयर राणाले बताए । उनले भने,–‘वाटरपार्कका सबै काम तिव्ररुपमा भइरहेका छन् । सबैभन्दा शुन्दर ठाउँ बनाउने अभियानमा तपाईहरु सबैको साथ र सहयोग चाहिन्छ ।’ मेयर राणाले वाटरपार्क परियोजनाको काममा कुनै बाधा नहुने बताए । अस्थायी लालपुर्जा वितरण कार्यक्रममा उपमेयर उमाथापामगर, प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेल लगायतको सहभागिता थियो ।