नेपालगञ्ज २७ पुस – नेपालगञ्ज उद्योग वाणिज्य वाणिज्य संघको माघ ११ गते हुने निर्वाचनका लागि अब्दुल वाहिद मन्सुरी चुन्नाको नेतृत्वमा रहेको समावेशी प्यानलले नियोजित रुपमा आक्रमण भइरहेको भन्दै गम्भीर ध्यानार्कषण भएको जनाएको छ ।
आम उद्योगी, व्यवसायीहरुको उत्साहजनक सहभागिता र समर्थन रहेको घाम झै छर्लङ्ग भइसकेपछि केही समूह अनेक मुद्दा बनाएर आफुहरु बिरुद्ध केन्द्रीत भएको समावेशी प्यानलका निर्वाचन परिचालन समिति संयोजक ईश्वर पोख्रेलद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । ‘स्वस्फुर्तरुपमा उद्योगी, व्यवसायीले हाम्रा उम्मेदवारप्रति देखाएको अपार साथ र समर्थन दिनानुदिन बढ्दो क्रममा रहेको छ । समावेशी प्यानल नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाच स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न होस् भन्नेमा हामी दृढ छौ । निर्वाचन आचारसंहिता पालना गर्न समावेशी प्यानल प्रतिवद्ध रहेको छ ।’– बिज्ञप्तीमा भनिएको छ ।
समावेशी प्यानलप्रति प्रति बढ्दै गएको उत्साह र समर्थनबाट अत्तालिएर नियोजित रुपमा प्रहार हुन थालेको प्रति आफुहरुको ध्यानार्कषण भएको उल्लेख गर्दै बिज्ञप्तीमा मतदाता परिचयपत्रको विषयमा अनावश्यक रुपमा जोडिएको बताइएको छ । ‘चुन्ना नेतृत्वको समावेशी प्यानलको जित सुनिश्चित भएपछि अत्तालिएका समूह र पक्षबाट भएका नियोजितरुपमा प्रकाशित प्रचार सामाग्री प्रति बिश्वास नगर्न सम्पूर्ण उद्योगी, व्यवसायीहरुमा हार्दिक अनुरोध गर्दछौं । मतदाता परिचय पत्र वितरणको कार्य बिशुद्ध नेपालगञ्ज उद्योग वाणिज्य संघको आन्तरिक काम भएकाले नियोजितरुपमा समावेशी प्यानललाई नजोड्न सम्बन्धित संचारमाध्यमलाई आग्रह गर्दछौ ।’– बिज्ञप्तीमा उल्लेख छ ।