राष्ट्रिय वाणिज्य बैंकद्धारा बिद्यालय पोशाक वितरण


बर्दिया – राष्ट्रिय वाणिज्य बैंक लिमिटेड प्रदेश नं. ५ प्रादेशिक कार्यालय नेपालगन्जले आईतवार एक कार्यक्रमका बीच २२ जना अभिवावक विहिन वालबालिका समेत रहेको सरस्वती आधारभूत विद्यालय मधूवन १ पत्थरबोझीमा संस्थागत सामाजिक उत्तदायित्व कार्यक्रम अन्र्तगत १ सय १२ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको छ । उक्त कार्यक्रमको प्रमूख अतिथि बर्दिया जिल्लाका संघिय सांसद बिमला विक., प्रदेश सांसद माननिय कूल प्रसाद पोख्रेल, मधूवन नगरपालिकाका मेयर गणेश बहादूर क्षेत्री, प्रमूख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, वडाध्यक्ष परशूराम थारु लगायत जिल्ला स्थित सूरक्षा निकायका प्रमूखहरु, विद्यालय ब्यवस्थापन समिती तथा विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थिहरु र पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

उक्त अवसरमा संीय सांसद बिमला वि.क.ले बर्दिया जिल्लाको अति दूर्गमको अति विपन्न समूदायका बालबालिका अध्ययन गर्ने सरकारी विद्यालयमा यस प्रकारको सहयोगले बैंकको नारा “आफ्नो भनेको आफ्नैं हून्छ, सबैको आफ्नैं बैंक” प्रमाणित भएको कूरा ब्यक्त गरिन । सो अवसरमा प्रदेश सांसद कूल प्रसाद पोख्रेलले हरेक क्षेत्रको विकास र समृद्धिमा रा.वा. बैंकले यस प्रकारको अग्रणी भूमिका निर्वाह गर्न सकोस् भनि शूभकामना ब्यक्त गरे ।

यसै अवसरका विच मधूवन नगरपालिकाका मेयर गणेश बहादूर क्षेत्रीले नगरपालिकाको अति विपन्न वर्गको लक्षित समूहमा यस किसिमको सहयोगको मूक्तकण्डले प्रशंसा गर्दै आगामि दिनमा स्थानिय सरकारको तर्फबाट बैंकलाई सफलताको शूभकामना ब्यक्त गरे । प्रमूख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सहयोग गरेकोमा धन्यवाद दिए ।

सो अवसरमा कार्यक्रमको अध्यक्षता गरेका प्रादेशिक कार्यालयका प्रमूख आनन्द सूवेदीले राष्ट्रिय वाणिज्य बैंकले सातवटै प्रदेशका ७७ जिल्ला र २ सय ३८ शाखाहरुबाट यस प्रकारका कार्यक्रम देशैभर संचालन गरिएको र समूदायको आर्थिक विकासका लगि स्थानिय सरकारसंग सहकार्य गरी लक्षित वर्ग तथा समूदायमा सेवा प्रवाह गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नभयो ।
राष्६िटय वाणिज्य बैंक शाखा कार्यालय गूलरीयाका शाखा प्रबन्धक हिमलाल खनालले संचालन गरेको उक्त कार्यक्रममा ५ नं. प्रादेशिक कार्यालय कर्मचरीहरुको समेत उपस्थिती रहेको थियो ।

प्रकाशित मितिः     9:22:33 PM  |