बाँके, बर्दियामा एनआइसी एसिया बैंकको रु ४ अर्व ५० करोड लगानी


नेपालगन्ज २८ पुस – ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ सेवा प्रदान गर्दै आएको एनआइसी एसिया बैंकले बाँके र बर्दिया जिल्लामा १० वटा शाखा मार्फत चार अर्ब ५० करोड ऋण प्रवाह गरेको छ ।

बंैकको बाँके र बर्दिया हेर्ने नेपालगञ्जस्थित उपप्रादेशिक कार्यालयका अनुसार दुबै जिल्लाका १० वटा शाखा मार्फत १ हजार ४६५ जना ऋणिलाई विभिन्न क्षेत्रमा चार अर्ब ५० करोड लगानी गरिएको छ ।

बैंकले सबै भन्दा बढी पर्यटन, उत्पादनमूलक उद्योग, कृषि, पशुपालन र घर कर्जा तथा गाडी कर्जामा ऋण लगानी गरेको एनआइसी एसिया बैंक उपप्रादेशिक कार्यालय नेपालगञ्जका प्रमुख माधव बेल्बासेले बताउनु भयो ।

सो लगानी बैंकको नेपालगञ्जमा रहेका धम्बोझी र त्रिभुवन चोक शाखा, बाँकेको कोहलपुर नगरपालिका र डुडुवा, जानकी, खजुरा तथा बैजनाथ गाउँपालिकामा रहेका शाखाहरु र बर्दियाको बासगढी, भुरीगाउँ र मगरागढीमा रहेका शाखाहरु मार्फत गरिएको उहाँले बताउनु भयो ।

ऋण असुली पनि निकै राम्रो रहेको जनाउँदै प्रमुख बेल्बासेले सोही कारणले बैंकले यस क्षेत्रमा बर्सेनी लगानी बृद्धि गर्दै गएको बताउनु भयो ।
सरकारको निति अनुसार बैंकका अधिकांश शाखाहरु ग्रामिण क्षेत्रका स्थानीय तहहरुमा खोलिएको जनाउँदै ग्रामिण जनताले घर दैलोमै बैंकको सेवा पाएर उत्साहित भएको उहाँले बताउनु भयो ।

‘गाउँघरमै बैंक पुगेपछि ग्रामिण क्षेत्रका जनताले पनि बचत गर्नुका साथै विभिन्न व्यवसायका लागि ऋण पनि लिन थालेका छन्’–बेल्बासेले भन्नुभयो ।

नेपालगञ्जको कारकाँदोमा एउटा शाखा थप गर्न केन्द्रमा प्रस्ताव पठाईएको जानकारी गराउँदै उहाँले दुबै जिल्लामा ९ वटा एटीएम पनि जडान गरिएको र दुई वटा एटीएम यसै महिना थप गरिने बताउनु भयो ।

बाँके र बर्दियामा गरेर बैंकका ५० हजार बचतकर्ता रहेको र ती बचतकर्तामार्फत बैंकले ३ अर्ब ६० करोड निक्षेप संकलन गर्न सफल भएको एनआइसी एसिया बैंक उपप्रादेशिक कार्यालय नेपालगञ्जले जनाएको छ ।

प्रकाशित मितिः     11:18:54 AM  |
error: Content is protected !!