सामुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा सञ्जालको समिक्षा


नेपालगञ्ज -सामुदायमा आधारित चोरी सिकारी नियन्त्रण युवा जागरण सन्जालले कामको समिक्षा र आगामी कार्ययोजनाका बारेमा छलफल गरेका छन् । बाँके निकुञ्ज क्षेत्रमा दुई वर्षदेखि राष्ट्रिय प्रकृति संरक्षण कोष र जेडएसएलको समन्वयमा उक्त सन्जाल क्रियाशिल छ ।

सोमवार भएको छलफलमा मध्यवर्ती क्षेत्रका युवालाई खेलकुद सामाग्री वितरण गर्नेदेखि सामुदायमा आधारित चोरी, सिकारी नियन्त्रण अभियानमा सक्रिय चन्द्रप्रकाश ओली र सारदा खुनालाई रु ४० हजार सहयोग गरिएको छ ।

यस वर्षको सामुदायमा आधारिच चोरी सिकारी नियन्त्रण दिवश भब्यतापूर्वक मनाउने र त्यसका लागि निकुञ्ज, मध्यवर्ती क्षेत्र लगायतसंग समन्वयन गर्ने निर्णय भएको छ । यसैगरी मध्यवर्ती क्षेत्रका स्कुलमा कार्यरत वातावारण पढाउने शिक्षकसंग सक्रियतापूर्वक समन्वय गर्ने निर्णय भएको छ ।

प्रकाशित मितिः     २८ पुष २०७६, सोमबार १६:१९  |