अस्ताए घरवारीटोलका युवा व्यवसायी कडायत


नेपालगञ्ज २९ पुस – नेपालगञ्ज घरवारीटोलका युवा व्यवसायी भरत कडायतको निधन भएको छ । सोमवार राती घरमा उनको निधन भएको परिवारिक स्रोतले जनाएको छ ।

३८ वर्षिय कडायत जुत्ताचप्पल ब्यवसायी संघमा आवद्ध थिए । नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा सक्रियतापूर्वक लागिरेका बेला कडायतको निधनले उद्योगी, व्यवसायी क्षेत्र स्तब्ध बनाएको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य टंक धामीले सोच्नै नसकिने घटना भएको बताए । हिजो अस्तीसम्म सक्रियतापूर्वक चुनावी काममा खटिएका कडायतको निधन अकल्पनीय भएको धामीले बताए ।

व्यवसायीका नेता चिरन्जीवी ओलीले कडायतको निधनबाट नेपालगन्जले एकजना सफल र सक्रिय व्यवसायी गुमाएको बताए ।

प्रकाशित मितिः     २९ पुष २०७६, मंगलवार ०८:३४  |