नेपालगन्जमा दश रुपैयामै खाना !


नेपालगञ्ज २९ पुस – नेपालगन्जको नगर भवन अगाडी बालाजीका भक्तहरुले रु १० रुपैयामा खाना दिन शुरु गरेका छन् । १० रुपैयामा सकाहारी मान पेटभरी खान पाईन्छ । दाल, तरकारी, अचार आदि इत्यादी सहित स्वादिष्ट खानाका परिकार हुने गरेको छ ।

यतिबेला रु १० रुपैयामा खाना खानेको भिड नै लागेको छ । बिशेष गरी मजदुरहरु उक्त खाना खानका लागि त्यहाँ पुग्ने गरेका छन् । कमाएको जति महङ्गो खानामा खर्च गर्न बाध्य मजदुरलाई राहात भएको छ ।

रु १० मा खाना दिन शुरु गरेका मध्ये नरेश कुमार अग्रवालले पुन्य कामका लागि अभियान शुरु गरेको बताए । अहिले दैनिक चार सयदेखि पाँच सयसम्म खान आउने गरेका छन् । अहिले शनिवार मंगलवार खाना खुवाईन्छ । आगामी दिनमा समय थप गरिने अग्रवालले बताए ।

‘यो दश रुपैया पनि नलिने पक्षमा थियौं । तर खाना पकाउने कालिगढलाई दिनुपर्ने भएकाले दश रुपैया दिनुपरेको हो ।’ अग्रवालले भने–‘यसले गर्दा धेरैलाई राहात भएको छ ।’

प्रकाशित मितिः     २९ पुष २०७६, मंगलवार १५:१६  |