यस्तो छ यामाहाको नयाँ बाइक एमटी–०३


यामाहाले आफ्नो नयाँ बाइक २०२० एमटी–०३ सार्वजनिक गरेको छ । नयाँ बाइकमा केही मेकानिकल र कस्मेटिक परिवर्तन गरिएको छ ।

यो बाइक छिट्टै नै युरोप र अमेरिकी बजारमा लन्च गरिने छ । त्यसपछि बल्ल भारत र नेपाल समेत आउने सम्भावना हुन्छ ।

यामाहाको वाईजेडएफ आर ३ बाइक पहिले देखि नै प्रचलित छ । भारत वा नेपालमा समेत यो बाइक लन्च भयो भने २५०–४०० सीसी सेगमेन्टमा यसले मजबुत पकड जमाउन सक्छ ।

एमटी–०३ को स्टाइलिङ एमटी–०९ बाट प्रभावित छ । बाइकमा ट्विन एलईडी डेटाइम रनिङ लाइट एमटी–१५ जस्तै छ ।

सो बाइकमा ३२१ सीसी प्यारालल ट्विन इन्जिन छ, जसले ४२ पीएस पावर र २९.६ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड गियरबक्स छ । यसमा ३७ एमएम अपसाइड–डाउन फोर्क्स र पछिल्लो भागमा प्रि–लोड एड्जस्टेबल मोनोसक छ । अघिल्लो पांग्रामा २९८ एमएम र पछिल्लोमा २२० एमएम डिस्क ब्रेक छ ।

एमटी–१५ भने नेपाली बजारमा समेत उपलब्ध छ ।

प्रकाशित मितिः     5:54:55 PM  |