नेपालगञ्ज ९ माघ – नेपालगन्ज उद्योग वाणिज्य संघको माघ ११ गते हुने निर्वाचनमा अब्दुल वाहिद मन्सुरी नेतृत्वको समावेशी प्यानलले आफ्नो परम्परागत ‘प्यानल मत’ मा उल्लेखिय बृद्धि भएको निष्कर्ष सहित उम्मेदवारको जित सुनिश्चित भएको दावी गरेको छ । उम्मेदवारी घोषणा गर्ने क्रममा भन्दा अहिले मतदाताको समर्थन ह्वात्तै बढेको निर्वाचन परिचालन समितिका संयोजक ईश्वरप्रसाद पोख्रेलले बताए ।
व्यवसायी माझ लोकप्रिय एवं पकड जमाएका उम्मेदवार उठाउनु र उसले अपनाएको प्रभावशैली रणनीतिका कारण समावेशी प्यानलका उम्मेदवारको जित पक्का झै भएको पोख्रेललको दावी छ ।
‘समावेशी प्यानलका उम्मेदवारको जित्ने आधार यति मात्र होइन । अरु कयौं कारण छन् जसले अब्दुल वाहिद मन्सुरीलाई अध्यक्षमा, उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवाल, सदस्यमा टंक धामी,अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाटको बिजयी सुनिश्चित गरेको छ । ’–पोख्रेलले भने ।
यो प्यानल नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा सबैभन्दा सशक्त प्यानल हो । समावेशी त्यही प्यानल हो जसले दामोदर आचार्यदेखि नन्दलाल बैश्यसम्मलाई अध्यक्ष निर्वाचित गरायो । प्यानलको संरक्षण रहेका आचार्य नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य र बाँकेको उद्योग व्यवसाय एवं राजनीतिक क्षेत्रका प्रभावशाली व्यक्ति हुन । चुनावी जोडघटाउमा अति नै माहिर रहेका आचार्यसंग धेरै मतदाता नजिक छन् । हरेक मतदातासंग उनको राम्रो पकड छ । त्यही कारणले समावेशी प्यानल एक नम्बर बन्दै आएको छ भने धेरै पटकको चुनावमा नेतृत्व सहित पदाधिकारी र कार्यसमिति सदस्य जित्दै आएको छ ।
व्यवसायीक मतदाता माझ बलियो पकड राख्ने समावेशी प्यानल र तत्कालिन साझा समावेशी यतिबेला संगै हुनु पनि अन्सारी नेतृत्वको प्यानल जितको अर्को कारण भएको दावी गर्छन नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व महासचिव अशोक कर्मचार्य । तत्कालिन साझा समावेशी प्यानल व्यवसायी माझ प्रभावशाली मानिन्छ भने समावेशी प्यानल र साझा समावेशीसंगै हुँदा त्यसको मत ह्वात्तै बढेको उनको दावी छ । ‘दुवै प्यानलसंगै हुँदा समावेशी प्यानलको परम्परागत मत अत्याधिक बढेका कारण जित सुनिश्चित देखिन्छ । ’–उनले भने ।
दामोदर आचार्य, कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल बैश्य, दुर्गाप्रसाद भण्डारी, इश्र्वरप्रसाद पोख्रेल, कपिल अधिकारी, पूर्व महासचिव अशोक कर्मचार्य, प्रतिष्ठित समाजसेवी सेम शाक्य, मधुसुदन शर्मा, कृष्णगोपाल बैश्य जस्ता प्रतिष्ठित व्यवसायी समावेशी प्यानलमा हुनुले पनि उक्त प्यानल जित्ने आधार प्रस्ट्याउँछ । यतिबेला प्रतिष्ठित व्यवसायी अन्सारी नेतृत्वको प्यानल जिताउन दिन रात नभनी लागिपरेका छन् ।
समावेशी प्यानल जित्ने अर्को कारण भनेको बिवाद रहित उम्मेदवार भएको बताउँछन् नेपालगन्ज उद्योग वाणिज्य संघका पूवृ बरिष्ठ उपाध्यक्ष कपिल प्रसाद अधिकारी । उनले अब्दुल वाहिद मन्सुरी उद्योगी, व्यवसायी माझ अत्यन्त लोकप्रिय र शालिन व्यवसायीका नेताका रुपमा चिन्ने भएकाले मतदाताको समर्थन बढेको हो । ‘सबैप्रति आदारभाव प्रकट गर्ने र विवाद रहित हुनुले पनि उनलाई मतदाताले मन पराएका हुन । चुन्नालाई जिताउँदा व्यवसायीक हकहित सुनिश्चित हुन्छ र कुनै प्रकारको समस्या हुँदैन भन्नेमा मतदाता ढुक्क झै छन् । मन्सुरी मात्र होइन समावेशी प्यानलका सबै उम्मेदवार शालिन र भद्र छन् । त्यसकारण पनि मन्सुरी नेतृत्वको प्यानलको जित सुनिश्चित छ ।’–उनले भने ।