सेवाग्राहीका गुनासामा आलटाल नगर्न नेपालगन्जका बैंकलाई निर्देशन


नेपालगन्ज १२ माघ – नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयले यहाँका बैंक तथा वित्तीय संस्थालाई ‘सेवाग्राहीको गुनासा तत्काल सम्बोधन गर्न’ निर्देशन दिएको छ । सेवाग्राहीका गुनासा सम्बोधन नगरी त्यसै अलपत्र नछाड्न राष्ट्र बैंकको निर्देशन छ ।

राष्ट्र बैंक नेपालगन्ज कार्यालयका निर्देशक मुक्तिप्रसाद सापकोटाले हेल्प डेक्स बनाएर सेवाग्राहीको गुनासा सम्बोधन गर्न भनेका छन् । ‘सेवाग्राहीका हरप्रकारका गुनासा तत्काल सम्बोधन गर्नु बैंक तथा वित्तीय संस्थाको प्रमुख जिम्मेदवारी हो । यसमा चुक्ने काम नगर्नुहोला ।’– सापकोटाले भने ।

केही दिन अघि नेपालगन्जमा आयोजित एक कार्यक्रममा सापकाटाले यस्तो निर्देशन दिएका हुन । उक्त कार्यक्रममा यहाँका दर्जन बढि बैंक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो ।

‘बैंकका सम्बन्धमा कतिपय गुनासा हामीसम्म पनि आइपुगेका हुन्छन् ।’ सापकोटाले भने–‘यस्ता गुनासा बैंक तहबाटै सम्बोधन हुनुपर्छ ।’

‘मौका नदिई धितो लिलाम नगर्नु,ऋण लिएर मिटर ब्याजमा लगाउन नदिनु’

प्रकाशित मितिः     १२ माघ २०७६, आईतवार ०९:३८  |