नेपालगन्ज १२ माघ – ६८ औं विश्व भन्सार दिवसको अबसरमा डब्लुसिओ अवार्ड २०२० बाट नेपालगन्ज भञ्सार कार्यालयका प्रमुख शान्तीराम निरौला सम्मानित भएका छन् ।
भञ्सार क्षेत्रमा सुधारको कार्य गरे वापत उक्त सम्मान प्रदान गरिएको हो । भञ्सार प्रमुख निरौलाले सबैको सहयोगमा उत्कृष्ट बन्न सकिएको भन्दै धन्यवाद दिएका छन् । आईतवार बिभिन्न कार्यक्रमको आयोजना गरी भञ्सार दिवश समेत बनाइएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, बरिष्ठ उद्योगी कन्हैयालाल बैद्य, सशस्त्र र नेपाल प्रहरीका अधिकारी एवं उद्योगी, व्यवसायीको सहभागिता रहेको थियो ।
भञ्सार दिवशकै अवसरमा नेपालगन्ज भञ्सारले मदरसामा अध्ययनरत बिद्यार्थीलाई सहयोग गर्नुका साथै अन्तर कर्मचारी ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको थियो ।