नेपालको रेमिट्यान्स आप्रवाहको स्थिती यस्तो छ, हेर्नुहोस् प्रतिवेदन


नेपाल राष्ट्र बैंकको तथ्यांकले रेमिट्यान्स आप्रवाह वर्षेनि बढे तापनि आप्रवाहको वृद्धिदर क्रमशः घट्दै गइरहेको देखाएको छ । आर्थिक वर्ष २०६५/६६ मा रु.२०९ अर्ब विप्रेषण आप्रवाह रहेकोमा यस्तो आप्रवाह क्रमशः वृद्धि हुँदै आर्थिक वर्ष २०७५।७६ मा रु।८७९ अर्ब पुगेको छ । तर, आर्थिक वर्ष २०७०।७१ मा २५ प्रतिशतले बढेको विप्रेषणको वृद्धिदर त्यसपछिका वर्षहरुमा क्रमशः घट्दै आर्थिक वर्ष २०७६।७७ को दोस्रो महिनादेखि भने विप्रेषण आप्रवाह रकममा नै कमी आएको छ । आर्थिक वर्ष २०७६।७७ को चार महिनामा विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा २।३ प्रतिशतले कमी आई रु।३०४ अर्ब ९७ करोड कायम भएको छ । विदेश जाने कामदारको संख्या घट्नु, गन्तव्य देशहरुको अर्थतन्त्रको अवस्था लगायतका कारणले रेमिट्यान्स घटेको देखिन्छ ।

विदेश जाने कामदार घटे
पछिल्ला वर्षहरुमा नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्यामा कमी आएको छ । वैदेशिक रोजगारीको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०५०।५१ मा ३,६०५ नेपालीलाई वैदेशिक रोजगारीका लागि स्वीकृति प्रदान गरिएकोमा यो संख्या क्रमशः वृद्धि हुँदै आर्थिक वर्ष २०७०।७१ मा अधिकतम ५,२७,८१४ पुगेको थियो । पछिल्ला वर्षहरुमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्या घट्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७५।७६ मा २,४३,८६८ जनाले यस्तो स्वीकृति लिएको देखिन्छ ।

Study_Reports–नेपालमा_विप्रेषण_आप्रवाहको_स्थिति-new

प्रकाशित मितिः     १४ माघ २०७६, मंगलवार १३:३०  |