बराबरी मतको टुङ्गो लाग्यो : पहिलो डेढ वर्ष भिम कँडेल, बाँकी कार्यकाल श्रेष्ठलाई


नेपालगन्ज १४ माघ – नेपालगन्ज उद्योग वाणिज्य संघको गत शनिवार सम्पन्न निर्वाचनमा बस्तुगत तर्फ बराबर रहेको मत आज मंगलवार टुङ्गो लागेको छ । होटल व्यवसायी संघका अध्यक्ष भिमलाल कडेल र रेडिमेड तथा ब्याग व्यवसायी संघका अध्यक्ष बद्री प्रकाश श्रेष्ठले बराबर मत पाएका थिए ।

सहमति अनुसार तीन वर्षे कार्यकालमा आधा–आधा कार्यकाल बाँडफाट भएको छ  । यसमा पनि पहिलो डेढ वर्षको कार्यकालका लागि भएको गोलाप्रथामा भिम कँडेले बाजी मारेका छन् । अब पहिलो डेढ वर्ष कार्यकाल कँडेलले र बाँकी कार्यकाल श्रेष्ठले पाउने छन् ।

प्रकाशित मितिः     १४ माघ २०७६, मंगलवार १९:४६  |