राष्ट्र बैंकद्धारा सामाजिक सन्जालमा प्रकाशन गरिने विज्ञापन गैरकानुनी घोषित


 

नेपालगन्ज – सामाजिक सन्जाल फेसबुक, ट्वीटर, युट्युवमा प्रकाशन गरिने विज्ञापन गैरकानुनी भएको भन्दै कसैले गरेमा राष्ट्र बैंकले कारबाही गर्ने भएको छ।

पछिल्लो समय कतिपय बैंक तथा वित्तीय संस्था, कर्पोरेट संस्था, होटल रेष्टुरेन्ट तथा अन्य ब्यवसायिक संघसंस्थाहरुले सामाजिक सञ्जालमार्फत विज्ञापन गर्दै आएका थिए । यसरी गरिने विज्ञापनका लागि राष्ट्र बैंकले विदेशी मुद्रा सटही गर्दैन।
राष्ट्र बैंकले सटही सुविधा नदिइ विदेशी संस्थालाई भुक्तानी गर्नु गैरकानुनी हो । त्यसैले यस्तो विज्ञापन गर्न राष्ट्र बैंकले प्रतिबन्ध लगाएको हो ।

इन्टरनेटमार्फत गरिने विज्ञापन बापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने काम गैरकानुनी भएको राष्ट्र बैंकले प्रष्ट्याएको छ।

’यस्तो कारोबारबाट विदेशी मुद्रा अपचलन हुने भएकाले कसैले त्यसरी कारोबार गरेको पाइएमा विदेशी विनिमय नियमित गर्ने ऐन र प्रचलित कानुन बमोजिम कारवाही हुने छ’ राष्ट्र बैंकले भनेको छ।

कर्पोरेट संस्था, बैंक तथा वित्तीय संस्था र अन्य निकायले आँफैले बाहिरबाट वा नेपालमै रहेका विज्ञापन एजेन्सीमार्फत सामाजिक सञ्चालमा महँगो शुल्क तिरेर विज्ञापन गर्दै आएका थिए। विज्ञापन एजेन्सीहरुले विज्ञापनदातासँग मूल्य अभिबृद्धि करसमेत जोडेर पैसा लिने र आफूले भने बाहिरबाट नेपाल आउने पैसा उतै रोकेर विज्ञापन गरिदिँदै आएका थिए।

प्रकाशित मितिः     5:42:19 PM  |