नेपालगन्ज १७ माघ – उत्तरी छिमेकी चीनमा यतिबेला ‘कोरोना भाइरस’ले त्रासदी फैलाएको छ ।
यो भाइरसका कारण त्यहाँ कतिपयको मृत्यु समेत भइसकेको छ ।
भाइरसले सैयौं प्रभावित छन् ।
भाइरसबाट थप क्षति नहोस् भनेर उच्च सर्तकता अपनाएको छ ।
शुक्रवार भारत उत्तर प्रदेशको नानपारामा सम्पन्न नेपाल भारतका सुरक्षा अधिकारीको बैठकमा पनि कोरोना भाइरसको विषयले प्रवेश पाएको छ ।
बाँके, बर्दिया, दाङ्ग र सीमावर्ती भारतीय क्षेत्रका सुरक्षा अधिकारीको बैठकमा कोरोना भाइरसका विषय उच्च सतर्कता अपाउने सहमति समेत बनेको छ ।
सुरक्षा अधिकारीहरुले सिमाक्षेत्रका स्थानीयमा उक्त भाइरसका बारेमा सचेतना जगाउन पहल गर्ने र आवश्यक परे स्वास्थ्य टोली परिचालन गर्ने विषयमा छलफल भएको पत्रकार नबी अहमदले जानकारी दिए ।
बैठकमा नेपालका तर्फबा प्रमुख जिल्ला अधिकारी, नेपाल र सशस्त्र प्रहरीका प्रमुख र भारतको तर्फबाट जिल्लास्थित प्रशासनिक निकायका प्रमुख, एसएसबी र प्रहरीका अधिकारीहरु सहभागि थिए ।