नेपालगन्ज १८ माघ – नेपालगन्ज उपमहानगरपालिकाले शुरु गरेको ससफाई अभियान सुस्ताएका बेला बिपीचोकस्थित जिभिएन कलेजले सफा र शुन्दर शहर बनाउने अभियानमा हातेमालो गरेको छ ।
कलेजका शिक्षकदेखि विद्यार्थीहरु यतिबेला बिभिन्न ठाउँ ससरसफाई गरिरहेको अवस्थामा भेटिन्छन् । मास्क लगाएका र हातमा झाडु लिएर सडक सफा गरिरहेका विद्यार्थी देख्दा जोकोहीले स्यावासी दिने गरेका छन् ।
कलेजका सिइओ गणेश भण्डारीले सफा र शुन्दर शहर बनाउने अभियानमा कलेजका तर्फबाट योगदान दिने प्रयास गरेको बताउँछन् । आफुहरुको काम सांकेतिक भएको बताउँदै भण्डारीले सफा र शुन्दर शहर बनाउन सबै लाग्नुपर्नेमा जोड दिन्छन् ।
बाँकेकै सबैभन्दा धेरै विद्यार्थी भएको जिभिएन कलेजले सामाजिक उत्तरदायित्व बहन गर्दै बिभिन्न कामहरु गर्दै आएको छ । यस्ता कार्यमा शिक्षकदेखि विद्यार्थीहरु प्रत्यक्षरुपमा संलग्न हुँदै आएका छन् ।
पछिल्लो समय सरसफाई अभियान सन्चालन गरिरहेका हुन । बागेश्वरी मन्दिरदेखि बिभिन्न सभा समारोहमा उब्जिएको फोहोर सफा गर्न जिभिएनका बिद्यार्थी अगाडी सर्ने गरेका छन्