‘ट्रान्सफरमर म्यानुफ्याक्चरिङ्ग’ मा देशभर चिनिएको नेपालगन्जको एउटा उद्योग


नेपालगन्ज २० माघ – इलेक्ट्रो पावर इन्जिनियरिङ्ग प्रालि ‘ट्रान्सफरमर’ म्यानुफ्याक्चरिङ्गका क्षेत्रमा स्थापित नाम हो ।

नेपालगन्ज औद्योगिक क्षेत्रमा रहेको उक्त उद्योगले उत्पादन गरेका ट्रान्सरफर देशभर विक्री वितरण हुँदै आएका छन् ।

सन्चालनको छोटो अवधिमै इलेक्ट्रो पावरले बजारमा आफुलाई स्थापित गर्न सफल भएको छ ।

देशभित्र बिद्युतीकरणको काम बढ्दै थियो । तर त्यसका लागि आवश्यक ट्रान्सफरमर जस्ता बिद्युतीय सामाग्रीको अभाव देखेपछि युवा व्यवसायी अब्दुल वाहिद अन्सारीले सन् २००८ मा उक्त उद्योग सन्चालनमा ल्याएका थिए ।

गुणस्तरलाई प्रमुख लक्ष्य बनाएर उद्योग सन्चालनमा ल्याइएको छोटो अवधिमा आफ्ना उत्पादनले राम्रो बजार लिन सफल भएको प्रबन्ध निर्देशक अन्सारी बताउँछन् ।

‘हाम्रो उत्पादनको विक्री वितरण देशभर छ ।’ अन्सारी भन्छन्–‘उपभोक्ताहरुले रुचाएकै कारण सफल भएको ठानेका छौं ।’

अन्सारीकै हिमालय इन्जिनियरिङ्गले बिद्युती सामाग्रीको उत्पादन तथा विक्री वितरण गर्दै आएको छ । इलेक्ट्रो पावरले भने २४ केभिए, एक हजार, ११ सय , ३३ केभिए क्षमताको ट्राभन्सफरमको म्यानुफ्याक्चरिङ्ग गरी विक्री वितरण गर्दै आएको छ ।

‘अन्र्तराष्ट्रियस्तरको मापदण्ड अनुसार काम गछौं । त्यसमा कुनै प्रकारको सम्झौता गरेका छैनौ ।’– अन्सारीले भने,–‘देशको विद्युतीकरणको सवाल छ, त्यसमा तल माथि हुन दिदैनौ ।’ आईएसओ मापदण्ड पुरा गरी प्रमाणपत्र समेत पाइसकेकाले आफुहरुको गुणस्तर प्रमाणित भएको उनले बताएका छन् ।

को हुन अन्सारी ?

अब्दुल वाहिद अन्सारी ।

ट्रान्सफरमर उत्पादन मार्फत देशको बिद्युतीकरणमा महत्वपूर्ण योगदान दिनुहुने युवा उद्योगी हुन, अब्दुल वाहिद अन्सारी (बब्लु) । उद्योग, व्यवसायका क्षेत्रमा २०४८ सालदेखि सक्रिय अन्सारीको नेपालगन्ज औद्योगिक क्षेत्रमा उद्योग सन्चालन गर्दै आएका छन् ।

सबैसंग सजिलै घुलमिल गर्ने स्वभावका अन्सारी औद्योगिक क्षेत्र उद्योग विकास संघ बाँकेको उपाध्यक्ष, नेपाल इलेक्ट्रीक एशोसिएसनको सदस्य र लायन्स क्लव अफ नेपालगन्ज पिएनएफलको संस्थापक सदस्य समेत हुन ।

अन्सारी सामाजिक क्षेत्रमा समेत उत्तिकै क्रियाशिल व्यवसायी हुन । अन्सारीले देशको विद्युतीकरणको कामलाई गुणस्तरीय र प्रभावकारी बनाउन कुनै प्रकारको सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।

प्रकाशित मितिः     २० माघ २०७६, सोमबार १४:२९  |